साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेम-सरिता पाठक फाउन्डेसन नेपालको विशेष भेला

भ्रष्टाचार विरुद्धको नयाँ गीत तयारीबारे पनि छलफल गरिएको छ भने निकट भविष्यमैं भ्रष्टाचार विरुद्धको कविता, गीत र पत्रकारिता प्रतियोगिताको नतिजा सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

Nepal Telecom ad

काठमाडौं, २०८० चैत २ । हेम-सरिता पाठक फाउन्डेसन नेपालको आज भएको भेलाले माझी समुदायका ३ अनाथ बालबालिका रसिला माझी, रचना माझी र रजिना माझीलाई १२ कक्षासम्म पढाउने तथा सम्पूर्ण दायित्व लिने निर्णय गरेको छ ।

फाउन्डेसनका प्रमुख संरक्षक समाजसेवी हेम पाठक र संरक्षक सरिता पाठकको विशेष पहलमा सो निर्णय गरिएको हो ।

यसैगरी नेपाल शाखाको थप सल्लाहकारमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गोपाल गड्तौला र दिपक भेटवाललाई मनोनयन गरिएको छ ।

यसैगरी संस्थाको कार्यसमिति सदस्यमा क्रमशः समिष्टा प्रसाईं, ज्ञानदेव थापा, युवराज थापा र आकाश अधिकारीलाई मनोनयन गरिएको छ ।

यसैगरी भ्रष्टाचार विरुद्धको नयाँ गीत तयारीबारे पनि छलफल गरिएको छ भने निकट भविष्यमैं भ्रष्टाचार विरुद्धको कविता, गीत र पत्रकारिता प्रतियोगिताको नतिजा सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

हेम- सरिता पाठक फाउन्डेसन नेपालका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो भेलामा फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक र संरक्षक सरिता पाठक, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गोपाल गड्तौला, दिपक भेटवाल, सल्लाहकार मातृका पौडेल र बीबी अनुरागी, श्रीमान कार्की, दिपक राई, सुवास उप्रेती, समिष्टा प्रसाईं, गौरव पोखरेल, सरस्वती गौतम, पारु तिमिल्सिना, राधिका आचार्य, राम माझी, आकाश अधिकारी, ज्ञानदेव थापा, युवराज थापा लगायतको उपस्थिति रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x