साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फिराद !

"आमोई, यो बगरेहरूको वस्ती हो। हामी सबै कसाही हौं । "नयाँ भलाद्मी बोल्यो। "हो रहेछ बाबु, देखिने भलाद्मी, सरल र सज्जनहरू भित्र भित्र बगरे हुने कुरा पक्का । म गरीबले न्याय पाउन्न, थाहा भयो । धन्यवाद !!"

Nepal Telecom ad

धनराज गिरी :

एउटा खास वस्ती,यसो हेर्दा सम्पूर्ण शालीन, भव्य, सभ्य, भद्र मानिसहरूको जमघट, घरहरू राम्रा, बाटिका पनि। भुराभुरी खेलमा व्यस्त, पाकाहरू चिया पसलमा गफमा तल्लीन। यस्तैमा त्यो वस्तीमा एक बृद्धाको आगमन भयो। सबैलाई नमन गरिन्। अलि पर हरियो स्याउला देखेर मुखमा पानी रसायो आमोईको।

“आमा, हजुर त अति नौली देखिनुभयो । कहाँबाट आउनुभएको हो ? किन आउनुभएको हो ? चिया पिउनुहुन्छ ?” एक भद्र पुरुष ।

“बाबु, म अजनारायण अभागी अल्पायुहरूकी जननी, सुभद्रा, मेरा अभिमन्युहरूको लागि केही गर्न सक्छु कि भनेर आएकी । मेरो घर हर्कपुर, नवलपुर । मटननगर ।” आमोईको रुन्चे बोली।

“होइन, यो कस्तो नाम हो, मटननगर ? हर्कपुर त सुनेको हो । पहिले पहिले वीरभद्र आचार्यजी “बाखबो” उद्योग त्यहीँ थियो । कुरा बुझिएन आमोई ! “अर्को भलाद्मी बोल्यो।

“बाबु, वास्तवमा म महादेवको वरदान पाएर मान्छे हुन पाएकी हुँ। म अजहरूकी आमा, त्यो भनेको म खसी बोकाकी आमा, अभागी आमा, लौ हेर,जादू !” तुरुन्त बाख्री पो बनिन् आमोई ।

“इन्टेरेस्टिङ्ग” एउटा युवक चिच्यायो । थप अचम्म, बाख्री फेरि आमोईको रूपमा कायाकल्प। “बाबु हो, म एक फिराद पत्र लिएर आएकी, न्याय खोज्न आएकी, मानव अधिकार हुन्छ भने पशु अधिकार किन हुन्न ? मेरी छोरीहरूले भ्यालेन्टाइन डे पनि मनाउन नपाउने । सबै ब्वाई फ्रेन्डहरू अल्पायुमा नै मारिने, काटिने, बलि दिने !आन्दोलित भएर आएकी ! फिराद, यो अनुरोध, यो एक आमाको चित्कार हो, सन्तानको माया कसलाई हुन्न ? बाबुहरू हेर्दा नै गोपाल पराजुली र चोलेन्द्र राणाहरूजस्ता लाग्यो । नीरक्षीर विवेकी । संविधान बदलेर, नयाँ कानून बनाएर मेरा छोराहरूको मौलिक हक, जिउने अधिकार, ग्यारेन्टी गर्ने व्यवस्था मिलाउन फिराद गर्न आएकी हुँ।”

“आमोई, यो बगरेहरूको वस्ती हो। हामी सबै कसाही हौं । “नयाँ भलाद्मी बोल्यो। “हो रहेछ बाबु, देखिने भलाद्मी, सरल र सज्जनहरू भित्र भित्र बगरे हुने कुरा पक्का । म गरीबले न्याय पाउन्न, थाहा भयो । धन्यवाद !!” आमोई अलप।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x