साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाेलीकाे शुभकामना

मेरो गर्जनले ससुराल भुईंमा मन्दकम्पन् आयो । एक हुल ठिटाठिटी सामुमा उभिएर कान समात्दै भन्न थाले; “माफ गर्नुस्, भिनाजू । तपाईंको अपराधी हामी हौं । होलीको शुभकामना !

Nepal Telecom ad

नन्दलाल आचार्य :

म ढुक्कले ससुरालमा थकाइ मारेको हप्ता दिन बित्नै लागेको थियो । मलाई कतै कसैको भयत्रास छँदै थिएन । बिदा पनि सिङगै १२ दिन बाँकी छँदै थियो । बिरामी छु भनेर हाकिमलाई खबर गरेकै थिएँ । पत्नी पनि साथमै हुनाले कुनै किसिमको सकस अनुभव गरेकै थिइनँ । भर्खरै विदेशबाट सालो आएको हुनाले हरखुशी ओइरिएको थियो ससुरालमा ।

बाहिर मानिसहरू होहल्ला गर्दै थिए । नाचगानमा रमाउँदै थिए । म कोठामा नानाभाँतीका सपनाहरूसँग बात मार्दै थिएँ । आँखाले कतिखेर विश्राम लिए पत्तो पाइनँ । कति बेलासम्म म निद्रादेवीको कैदमा परेँ, त्यो पनि हेक्का रहेन ।

आँखा खुल्नासाथ उठेर शरीर तन्काएँ, पाँच मिनेटले सताएको अनुभूत गर्दै बाहिर निस्केँ । त्यहाँ शान्त मुद्रामा रंगले पुरिएर भूत बनेका केटाकेटी, युवायुवती एकाएक हाँस्न थाले । कसैको केस खजमजियो भने त खित्का छाडेर हाँस्ने गर्छन्, यिनीहरुको भर हुन्न भन्दै केस मिलाएँ ।

काम सिध्याई भित्र पस्न लाग्दा ससुराले भने; “ज्वाइँको राम्रो रूपप्रति डाहा गर्नेहरू पनि निस्केछन् ।”
“बोल्न सहज छ तर आजका मान्छेलाई गर्न असहज छ बुबा ।” म यसो भन्दै भित्र पस्न थालेँ । बाहिर हाँसोको बाढी थामिएकै थिएन । ससुराले पनि ऐना हेर्न सुझाए ।

जुँगाका रेखी मात्रै थिएँ, जुगाँमुठे भएँछु । सानो टीको समेत कहिल्यै लगाउँदिनथेँ, साक्षात् शिव नै भएँछु ।

“मेरो त्यो रूप खोसेर यो रूप दिने को हो ?” मेरो गर्जनले ससुराल भुईंमा मन्दकम्पन् आयो ।
एक हुल ठिटाठिटी सामुमा उभिएर कान समात्दै भन्न थाले; “माफ गर्नुस्, भिनाजू । तपाईंको अपराधी हामी हौं । होलीको शुभकामना !”

०००
एनेलकुटी, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दोब्बर पुरस्कार

दोब्बर पुरस्कार

टीकाराम रेग्मी
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
दुई नम्बरीको संसारमा

दुई नम्बरीको संसारमा

काेइराला वत्सराज
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x