धनराज गिरीरिचार्ज !
यताउताका कुरा गरेर सहजीकरण भएपछि, "होइन आमोई, यी नानीहरूलाई हजुरले नै किन बोलाउनुभएको ? यसरी बूढो फेरि ..... किन आमोई ?"

धनराज गिरी :
हरेक दिन छिमेकमा नयाँ नयाँ युवतीहरू आउन थाले। आएर दुई चार घन्टा बसी गफ्फिएर फर्किनथाले। अचम्म के भने घरमा युवतीहरू बोलाउने काम गृहमन्त्रीको,अर्थात् कुइकेल्नी बज्यैको, ५७ की बज्यै, ७२ का बाजे, एस पी बाजे, एस पी बज्यै । लगातार १९ दिनसम्म यो प्रक्रिया चलेपछि छिमेकीहरूमा खासखुस सुरु भयो।
“के हो यो चाला ?” अन्तर्नी आमोई। “त्यही त, अचम्म ! मर्ने बेलामा हरियो कुन्नि के भनेजस्तो ! “गुल्मेली कान्छी।” ल, म बुझ्छु ! यो त गाउँमा राम्रो कुरा होइन, यी बूढाबूढी के भएका हुन् ?” ज्वालामुखी माइली।
अर्को दिन, बेलुकी, नानीहरू गएपछि, ज्वालामुखी हाजिर। यताउताका कुरा गरेर सहजीकरण भएपछि, “होइन आमोई, यी नानीहरूलाई हजुरले नै किन बोलाउनुभएको ? यसरी बूढो फेरि ….. किन आमोई ?”
“थाहा थियो, यिनीहरूलाई अरूको बारेमा चासो नराखे खाएको पच्दैन ! नेपाली न हुन् !” मनले यस्तो सोचिन् — सहज भावमा भनिन् “केही होइन, मोबाईल रिचार्ज गरेकी !”
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest








































