फित्काैली डटकमबुढ्याैली साहित्य समाज महोत्तरीको तेस्रो शृङ्खला
समाजका सचिव नारदप्रसाद काफ्लेले सन्चालन गरेको सो कार्यक्रममा ९० वर्षीय अम्बिका अधिकारी विशिष्ट अतिथि हुनुहुन्थ्यो।

महाेत्तरी, २०८० फागुन ४ । बुढ्याैली साहित्य समाजको तेस्रो शृङ्खला शनिबार यस समाजका अध्यक्ष लालबाबु पोखरेलको अध्यक्षतामा सम्पन्न भएको छ।
समाजका सचिव नारदप्रसाद काफ्लेले सन्चालन गरेको सो कार्यक्रममा ९० वर्षीय अम्बिका अधिकारी विशिष्ट अतिथि हुनुहुन्थ्यो।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै रचना वाचन गर्ने अतिथि स्रष्टाहरुमा वृहत साहित्य सन्जाल मधेश प्रदेश संयोजक तथा प्रलेस मधेश प्रदेश अध्यक्ष नारायण धिमिरे, गौरीशंकर मिथिला वाङमय प्रतिष्ठानका अध्यक्ष प्रेम धिमिरे, ब न पा ८ का वडा सदस्य सीता धिमिरे, प्रलेस मधेश प्रदेश सचिव तथा साहित्य संवर्द्धन केन्द्र महोत्तरी संयोजक भिमकुमार राउत, जानकी नारी समाज महोत्तरी सचिव तथा जनजागृति मा वि पादुका प्रअ रमा शर्मा, श्री माध्यमिक विद्यालय हात्तीलेटका प्र अ रोजी फुयाँल, सर्लाही साहित्य समाज उपाध्यक्ष राजेश्वरी काफ्ले थिए।
सो कार्यक्रममा बुड्ढौली साहित्य समाज मधेश प्रदेश समिति सदस्य तथा बर्दिवास साहित्यिक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलले बुड्ढौली साहित्य समाज स्थापनाका बारेमा सामान्य चर्चा गरेका थिए। कार्यक्रममा निर्मला लामा, देवी धिमिरे , मनिषा बानियाँ लगायत विभिन्न साहित्यिक स्रष्टाहरूले रचना वाचन गरेर कार्यक्रमको गरिमा बडाएका थिए।
उक्त कार्यक्रममा मा वि हातीलेटका शिक्षक संजिव शर्मा, बिरेन्द्र महतो, हरिचन्द्र, लक्ष्मी लुङ्गेली, मालती यादव,शोभा, सङ्गीता,सबिता लगायत यस विद्यालयका विद्यार्थीहरुको व्यापक उपस्थित थियो।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष लालबाबु पोखरेलले कार्यक्रममा उपस्थिति सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्दछौँ भन्दै कार्यक्रम समापन गरेका थिए।
सो कार्यक्रम श्री माध्यमिक विद्यालय हात्तीलेट मा वि बर्दिवास ८ महोत्तरीको सभा हलमा सम्पन्न भएको हो ।
०००
– नारद काफ्लेद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest












































