फित्काैली डटकमकाव्यकृति विमोचन, स्रष्टा सम्मान तथा काव्य गोष्ठी
विशिष्ट आमन्त्रित व्यक्तित्वको रूपमा वरिष्ठ साहित्यकार डा. विप्लव ढकाल, वरिष्ठ गजलकार जीवनपानी, गल्याङ नगरपालिका उप प्रमुख हेमा न्यौपाने, डा. पद्मा अर्यालको उपस्थिति रहेको थियोे ।

स्याङ्जा, २०८० फागुन ४ । जगत्रदेवी साहित्य सङ्गम, गल्याङ, स्याङ्जाको आयोजनामा काव्यकृति विमोचन, स्रष्टा सम्मान तथा काव्य गोष्ठी गल्याङ नगरपालिका- ३ स्थित गल्याङ बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ ।
सङ्गमका कार्यवाहक अध्यक्ष अग्रज कवि चण्डिकाप्रसाद भट्टराईको अध्यक्षतामा भएको उक्त समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराई रहनु भएको थियोे । विशिष्ट आमन्त्रित व्यक्तित्वको रूपमा वरिष्ठ साहित्यकार डा. विप्लव ढकाल, वरिष्ठ गजलकार जीवनपानी, गल्याङ नगरपालिका उप प्रमुख हेमा न्यौपाने, डा. पद्मा अर्यालको उपस्थिति रहेको थियोे ।
समारोहमा कवि चण्डिकाप्रसाद भट्टराईको पहिलो एकल कृतिको रूपमा प्रकाशित भएको कविता कृति “आँखीझ्याल” को विमोचन गरिएको थियोे । विमोचन गरिएको कृतिको बारेमा समीक्षक जीवनपानी र डा. विप्लव ढकालले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियोे ।
सङ्गम परिवारको तर्फबाट स्थापना गरिएको जगत्रदेवी साहित्य सम्मान – २०८० जगत्रदेवी साहित्य सङ्गमका संस्थापक अध्यक्ष अग्रज साहित्यकार सूर्यप्रसाद डुम्रेलाई समर्पण गरिएको थियोे । सम्मानित व्यक्तित्वको बारेमा मिलन समीरले प्रकाश पारेका थिए ।
समारोहमा कविहरु हरिप्रसाद भट्टराई, लेखनाथ काफ्ले, वसन्त खनाल, भीम न्यौपाने, खगेन्द्रजङ्ग थापा, वसन्ती अधिकारी, कला पाठक, सिर्जना खनाल, प्रवेश अर्याल, ध्रुवप्रसाद शर्मा पङ्गेनी, सुर्यप्रसाद डुम्रेद्वारा आफ्ना उत्कृष्ट कविता , गजल र मुक्तक रचनाहरु वाचन गरिएको थियोे ।
समारोहमा स्वागत मन्तव्य लीलाबल्लौ अर्यालले प्रस्तुत गरेका थिए भने सहजीकरण मिलन समीरले गरेका थिए ।
०००
– मिलन समीरद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest










































