सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बुद्धि विकास मण्डलको वार्षिकोत्सवमा कविगोष्ठी

प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले गाउँगाउँका समुदायको रैथाने ज्ञान, सीप र प्रत्येक विषयमा प्रज्ञा-प्रतिष्ठानले विमर्श थाल्दा कतिपय परम्परावादीहरू तरङ्गित भएको बताउनुभएको थियो ।

Nepal Telecom ad

ललितपुर, २०८० फागुन ३ । बुद्धि विकास मण्डल ललितपुरस्थित लगनखेलले उत्साहपूर्वक वसन्तपञ्चमीका दिन आफ्नो वार्षिकोत्सव भव्य कविगोष्ठीको रूपमा मनाएको थियो।

यस कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले उक्त कविगोष्ठीको उदघाटन गर्दै दही जस्तै ६६ वर्षदेखि सीमित घेराभित्र जमेर बसेको प्रज्ञा-प्रतिष्ठानलाई चलायमान र तरङ्गीत पार्दै विविध विषय वस्तुमाथि प्राज्ञिक बहस गर्दा कतिपयलाई असह्य भएको बताउनु भएको थियोे । उहाँले गाउँगाउँका समुदायको रैथाने ज्ञान, सीप र प्रत्येक विषयमा प्रज्ञा-प्रतिष्ठानले विमर्श थाल्दा कतिपय परम्परावादीहरू तरङ्गित भएको बताउनुभएको थियोे । उहाँले अपवाद छाडेर कवि वा साहित्यकारले भ्रष्टाचार गरेको पाइँदैन । त्यसकारण कविगोष्ठीको आयोजना गरेर बुद्धि विकास मण्डलले कवि चेतनालाई मुखरित गरेकोमा खुसी व्यक्त गर्नुभएको थियोे ।

यसैगरी नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य चेतनाथ धमलाले शुभकामना मनतव्यका क्रममा सरस्वतीलाई नेपाली समाजले विद्याको प्रतीकको रूपमा स्वीकार गरेको बताउँदै कविता विचार, कला र सौन्दर्यद्वारा प्रदत्त हुने विषयमा जोड दिनु भएको थियोे ।

यस कार्यक्रमका अतिथि ललितपुर महानगरपालिकाका वर्डा न.५ का अध्यक्ष विकासमान श्रेष्ठले बुद्धि विकास मण्डलले विभिन्न सहयोग, सांस्कृतिक र सामाजिक काम गर्दै आएको बताउनु भएको थियोे ।

कविगोष्ठीमा पुरुषोत्तम ढुङ्गाना, पुनम निरौला, शोभादेवी प्रधान श्रेष्ठ, राधा चालिसे, सुनिल पुरी, मणिराज सिंह, राधा कार्की, अर्पणा केसी, द्वारिकानाथ खनाल, चन्दना अर्याल, बुद्धि महर्जन र सिर्जना सरोवर लगायतले आआफ्ना कविता वाचन गर्नु भएको थियोे ।

यस संस्थाले वार्षिकोत्सव तथा कविगोष्ठी सम्पन्न गर्नका लागि केदार कार्कीको संयोजकत्व र सुधाकर ढुङ्गानाको सहसंयोजकत्वमा श्यामबाबु केसी, रामशरण महत र शिवप्रसाद शर्मा सदस्य रहेको ५ सदस्यीय उपसमिति गठन गरेको थियोे ।

यसैगरी बुद्धि विकास मण्डलका कोषाध्यक्ष तथा कविगोष्ठीका संयोजक केदार कार्कीले स्वागत मनतव्यसहित कार्यक्रमका बारेमा प्रकाश पार्दै २०१० सालमा स्थापना भएको ७० वर्ष पुरानो यस संस्थाले विभिन्न खेलकुद, सामाजिक र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भएको थियोे ।

बुद्धि विकास मण्डलका अध्यक्ष पवनकुमार राना मगरको अध्यक्षतामा वार्षिकोत्सव तथा कविगोष्ठी सम्पन्न भएको थियो। यसै सन्दर्भमा धन्यवाद ज्ञापनसहित उहाँले यस संस्थाले खेलकुद र सामाजिक क्षेत्रमा गतिविधि गर्दै आइरहेको बताउनुभयो ।

संस्थाका सचिव सुधाकर ढुङ्गानाले कविगोष्ठीको सञ्चालनसहित कविता वाचन गर्नुभएको थियोे ।

०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा सम्प्रेषित

Fitkauli Publication Books comming soon
Nepal Telecom ad