साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोकतन्त्रमा

सपना समता शान्ति समृद्धि र विकासका स्वाभिमानी कथा हाम्रा केरियो लोकतन्त्रमा ।

Nepal Telecom ad

कृष्णप्रसाद गौतम :

यता पार्टी उता पार्टी हेरियो लोकतन्त्रमा
कताको यो कताको ऊ खेरियो लोकतन्त्रमा ।

मुखमा तेल राखेका वाचाल जनका पछि
जता तेल उतै खेल घेरियो लोकतन्त्रमा ।

यता आऊ उता जाऊ लेख टाँस जतात्यतै
भन्दथे स्वर्ग झार्दै छु टेरियो लोकतन्त्रमा ।

साम्राज्यवाद सामन्त विरोधी अभियानमा
निर्धाकै लाशमा कात्रो बेरियो लोकतन्त्रमा ।

सोझाका काँधमा टेकी सत्तासीन भएपछि
चालढाल सबै टेढो फेरियो लोकतन्त्रमा ।

सपना समता शान्ति समृद्धि र विकासका
स्वाभिमानी कथा हाम्रा केरियो लोकतन्त्रमा ।

नबस्दा ज्ञानका भोका ऊर्जाशीलहरू यहाँ
चाहना त्यो समृद्धिको सेरियो लोकतन्त्रमा ।

०००
इटहरी-५, सुनसरी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा अझै सुरक्षित छैनन्

आमा अझै सुरक्षित छैनन्

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
कसरी पत्याउँ ?

कसरी पत्याउँ ?

कृष्णप्रसाद गाैतम
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x