साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म कुख्यात भ्रष्टाचारी !

आऊ छानबिन गर यी भिखारीहरूको सम्पत्ति राखेका छन् घर घरका मतानमा गाडेर ह्वाइटबडीबाट ल्याएको तेत्तिस किलो सुन हो, मैले पनि लुकाएको छु अलिकति सक्छौ पक्रन ? आऊ पक्र मलाई म हुँ कुख्यात भ्रष्टाचारी ।

Nepal Telecom ad

काशीनाथ मिश्रित

आऊ पक्र म भ्रष्टाचारी हुँ !
सक्छौ पक्रन मलाई ?
म कुख्यात भ्रष्टाचारी हुँ
जाबो अठतिस किलो सुन लुकाएर के भ्रष्टाचारीमा गनिनु ?
यत्रो तिन करोड मान्छे भएको देशमा
पुग नपुग नौ सयओटा दुई खुट्टे मान्छेलाई
प्रति गोटा पचास लाखका दरले बेचेर
के भ्रष्टाचारीमा दरिनु ?
जम्मा चार अरबको हो रे लाउडा !
त्यति जाबो रकम
लड्डु खाए झै कुप्लुक्क खाएर पनि
के भ्रष्टाचारी भनिनु ?

बिचरा तिमीहरू !
यत्रो देश चलाउने भएर पनि
जाबो पाँच करोडको गाडी चढ्न नपाउनु !
आफ्ना नजिकका नातेदार
जिजुबाजेको ससुरालका महासालालाई
जागिर खुवाउन पनि नपाउनु ?
गर, मोज गर,
निकुञ्जका दुर्लभ गैँडाको भोज गर
अझ के के सक्छौ गर !
यस्ता संवैधानिक काम गर्दा पनि
के भ्रष्टाचारीमा खोजिनु ?
अब चोख्याउनु पर्छ तिमीहरूलाई
सुँगुरको गहुँत छर्केर
गाई त काटिइसके संवैधानिक पद्धतिबाट !!

हो, म कुख्यात भ्रष्टाचारी हुँ
आऊ पक्र मलाई !
समसेरहरूले भन्दा बढ्ता
सेरहरूले भन्दा धेरै
भाँड, खाँड र उनीहरूका राँडहरूले भन्दा थुप्रै
गाँठ गुट्मुट्याएको छु मैले !
किन सक्दैनौ पक्रन मलाई ?

हिजै भएको माथ्लारे बहिनीको बिहेमा
तरकारी किन्न जाँदा बजारबाट
उन्साठी रुपैयाँका दरले काउली किनेर
साठीका दरले लिएँ दाम
र कुम्ल्याएँ मैले रकम !
आओ पक्र मलाई
चुनौती दिन्छु मैले
सक्छौ पक्रन ?

तिमीहरूले जस्तो करोडौँ कमिसन खाएको भए पो
बिजुलीको बिल तिर्दा गाउँलेहरूको पसिनाबाट
दस दस रुपैयाँ कुम्ल्याउन सक्ने बहादुर हुँ म
गाउँका गरीबहरूले सकी नसकी ट्युसन पढाएका बच्चाहरूबाट
हेर न कति मोटो रकम !
महिनाको सय रुपैया फिस लिएर
दुई तले महल बनाउन सक्ने वीर हुँ म
तिमीले झैँ जागिर खाएर खरदारको
जम्मा सात तले झुपडी कहाँ बनाउन सक्छु ?
आऊ पक्र सक्छौ भने मलाई !

बिचरा तिमीहरू !
रुघा लाग्दा पनि विदेश जान नपाउने उपचार गर्न
खाऊ, घिच, हसुर
तिम्रा ससुराले दाइजो दिएका हुन्
कसले कर तिरेका छन् र यहाँ ? सब बेबकुफ जनताहरूले
भ्रष्टाचार गरिरहेका छन्
आऊ छानबिन गर यी भिखारीहरूको सम्पत्ति
राखेका छन् घर घरका मतानमा गाडेर
ह्वाइटबडीबाट ल्याएको तेत्तिस किलो सुन
हो, मैले पनि लुकाएको छु अलिकति
सक्छौ पक्रन ?
आऊ पक्र मलाई
म हुँ कुख्यात भ्रष्टाचारी ।

०००
२०८० जेठ २ गते
फोक्सिङ, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x