लक्ष्मण नेवटिया
मुखुण्डो लाएर बसेका छन् हाम्रो जिन्दगीभरको साख एकै छिनमा सिध्याउनेहरू ।
सत्यतथ्य बङ्ग्याउनेहरू आफू चोखिन् अरूलाई बदमासको बिल्ला भिराउनेहरू ।
भैंसीसिङ्गे जुँगा मुसारेर हुनेवाला नै के छ र… चिनेर त राखौँ
काँध र पिठ्युँमा, मन र मुटुमा को छन् कता ? गहिरो चोट पुर्याउनेहरू ।
००० विराटगर
Fitkauli