साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जितियो ? बधाई छ !

सकेसम्म मनोनित हुनु होला खुराफातीको फित्कौलीले हानेर निर्वाचनको मुन्टो निमोठी दिनुहोला निर्वाचन भइहाले आफ्नो लगानीमा किनेका सदस्यहरूलाई सावधान गराउनु होला ।

Nepal Telecom ad

नारायण भटटराई :

जित्नु भएछ
बधाई छ !
अब कुराको ओथारा बस्नुहोला
आकर्षक, ठूला ठूला फूल पार्नु होला
हुर्काउनु होला
बढाउनु होला
अनि विजेता विजेता मिलेर
बार्बेक्यु पार्टीको आयोजना गर्नुहोला
रोस्ट गर्न लगाउनु होला अनि
हुस्की र रेड वाइनको चुस्की लगाउँदै
मस्तसँग ठूला ठूला गफ मिसाएर
भोजन गर्नु होला
त्यसपछि,
सामाजिक सञ्जालको कानको जाली फुट्ने गरी
डकार्नु होला ।
हामी सुन्न बाध्य हुनेछौँ
बधाई र शुभकामनाका एमोजी उपहार दिनेछौँ ।
अनि बिस्तारै अर्को निर्वाचनको तयारीमा जुट्नु होला
सकेसम्म मनोनित हुनु होला
खुराफातीको फित्कौलीले हानेर
निर्वाचनको मुन्टो निमोठी दिनुहोला
निर्वाचन भइहाले आफ्नो लगानीमा
किनेका सदस्यहरूलाई सावधान गराउनु होला
अरुले किन जित्ने ?
अर्को पटकको अखुनेमा को सभापतिको लागि अग्रिम बधाई छ ।

(अखुनेमा- अन्तर्राष्ट्रिय खुराफाती नेपाली महांसंघ)

०००

अल्वानी, क्यालिफोर्निया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
0
Would love your thoughts, please comment.x
()
x