सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जितियो ? बधाई छ !

सकेसम्म मनोनित हुनु होला खुराफातीको फित्कौलीले हानेर निर्वाचनको मुन्टो निमोठी दिनुहोला निर्वाचन भइहाले आफ्नो लगानीमा किनेका सदस्यहरूलाई सावधान गराउनु होला ।

Nepal Telecom ad

नारायण भटटराई :

जित्नु भएछ
बधाई छ !
अब कुराको ओथारा बस्नुहोला
आकर्षक, ठूला ठूला फूल पार्नु होला
हुर्काउनु होला
बढाउनु होला
अनि विजेता विजेता मिलेर
बार्बेक्यु पार्टीको आयोजना गर्नुहोला
रोस्ट गर्न लगाउनु होला अनि
हुस्की र रेड वाइनको चुस्की लगाउँदै
मस्तसँग ठूला ठूला गफ मिसाएर
भोजन गर्नु होला
त्यसपछि,
सामाजिक सञ्जालको कानको जाली फुट्ने गरी
डकार्नु होला ।
हामी सुन्न बाध्य हुनेछौँ
बधाई र शुभकामनाका एमोजी उपहार दिनेछौँ ।
अनि बिस्तारै अर्को निर्वाचनको तयारीमा जुट्नु होला
सकेसम्म मनोनित हुनु होला
खुराफातीको फित्कौलीले हानेर
निर्वाचनको मुन्टो निमोठी दिनुहोला
निर्वाचन भइहाले आफ्नो लगानीमा
किनेका सदस्यहरूलाई सावधान गराउनु होला
अरुले किन जित्ने ?
अर्को पटकको अखुनेमा को सभापतिको लागि अग्रिम बधाई छ ।

(अखुनेमा- अन्तर्राष्ट्रिय खुराफाती नेपाली महांसंघ)

०००

अल्वानी, क्यालिफोर्निया

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आओ लाइक ठोकौँ !

आओ लाइक ठोकौँ !

नारायण भट्टराई
फेरिँदै जानु भा छ रिटायर बा

फेरिँदै जानु भा छ...

नारायण भट्टराई
यस्तै छ हजुर यहाँको चलन

यस्तै छ हजुर यहाँको...

नारायण भट्टराई
तीन ठोक्तक

तीन ठोक्तक

नारायण भट्टराई
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने
फेरि बधाईं

फेरि बधाईं

हेम अधिकारी
नेताज्यूको क्रान्ति र मुड्के सलाम

नेताज्यूको क्रान्ति र मुड्के...

सुभाषचन्द्र देवकाेटा
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
विश्व खवर

विश्व खवर

विष्णुहरि पाैडेल