साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सौराहामा वृहत् गजलवाचन कार्यक्रम हुँदै

काव्यकुञ्ज साहित्य प्रतिष्ठानको आयोजना ‘काव्य परिक्रमा भाग १’ अन्तर्गत पहिलो शृङ्खलामा वृहत् गजल वाचनको कार्यक्रम राखिएको प्रतिष्ठानका अध्यक्ष कमल अर्यालले बताए ।

Nepal Telecom ad

सौराहा, ०८० साउन ११ । चितवनको सौराहामा साउन १३ गते शनिबार वृहत् गजल वाचन कार्यक्रम हुने भएको छ । बिहान ११.३० बजेदेखि सौराहास्थित गैरीबारी रिसोर्टमा कार्यक्रम हुन लागेको हो ।

काव्यकुञ्ज साहित्य प्रतिष्ठानको आयोजना ‘काव्य परिक्रमा भाग १’ अन्तर्गत पहिलो शृङ्खलामा वृहत् गजल वाचनको कार्यक्रम राखिएको प्रतिष्ठानका अध्यक्ष कमल अर्यालले बताए । चितवनमा गजल लेखनको इतिहास पुरानो भएको र साठीको दशकमा चितवनको गजल गतिविधिले राष्ट्रिय स्तरमा चर्चा बटुल्ने गरेको थियो । पछिल्लोपटक चितवनमा गजल गतिविधि सुस्त हुन लागेको महसुस गर्दै चितवनको गजललाई जीवन्त राख्न यो कार्यक्रम आयोजना गरिएको आयोजक हरूले बताएका छन् ।

शनिबार वृहत् गजल वाचन कार्यक्रममा जिल्लाका नयाँ पुराना गजलकारले गजल वाचन गर्दैछन् । जिल्लाका सबैजसो क्षेत्रका स्रस्टाहरू उक्त दिन गजल वाचनका लागि सौराहा आउँदैछन् । गजल सुन्नका लागि छिमेकी जिल्ला नवलपरासी, तनहुँ, गोरखा, मकवानपुरबाट पनि स्रस्टाहरू आउने बताइएको छ ।

गजल वाचन कार्यक्रममा चितवनको गजल अवस्थाको बारेमा चर्चा गरिनुका साथै वाचन भएका गजलको समीक्षा समेत गरिने भएको छ । उक्त कार्यक्रममा गजलकारहरू धनराज गिरी, किसान प्रेमी, रमेश प्रभात, सरला जोशी, लक्ष्मण भन्तना, विष्णु तिवारी उषा, विकास बराल, चिरञ्जीवी दाहाल, रामकृष्ण पौडेल अनायास, रामशरण थपलिया, निर्दोष जीवन, हरिप्रिया रिजाल, यमुना अधिकारी न्यौपाने, विश्वनाथ खनाल, गिरिराज डल्लाकोटी, रुबिन पौडेल, रोजिना लोहनी, सीता कँडेल, गणेश शर्मा पौडेल, रामलाल कुमाल, प्रकाशबाबु खनाल, राजेन्द्र घायल, गिरिराज अधिकारी, सरस्वती पौडेल, लीला दाहाल अधिकारी, सुमन घिमिरे, मणिराम नेपाल, तीर्थराज खनाल र सुमन कडरियाले गजल वाचन गर्दैछन् ।

०००
कायाकैरन दैनिक’ बाट ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x