साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चन्द्रागिरिको १६४ औँ काव्य श्रृङ्खला सम्पन्न

कार्यक्रममा मन्तव्य दिनु हुँदै थापाले कविता भनेको शब्द र संगीत अर्थ र अभिप्रायको अनौठो अनुभूति हो, बुझ्न कठीन छ, बुझ्यो झन् कठीन हुन्छ भन्नु भयो । नेपाली साहित्य धेरै दृष्टिकोणबाट लोकप्रिय छ ।

Nepal Telecom ad

काठमाडौं, ०८० साउन १० । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व एवं वरिष्ठ कवि डा.बमबहादुर थापाको प्रमुख आतिथ्यमा १६४ औँ काव्य श्रृङ्खला सम्पन्न भएको छ ।

कार्यक्रममा मन्तव्य दिनु हुँदै थापाले कविता भनेको शब्द र संगीत अर्थ र अभिप्रायको अनौठो अनुभूति हो, बुझ्न कठीन छ, बुझ्यो झन् कठीन हुन्छ भन्नु भयो । नेपाली साहित्य धेरै दृष्टिकोणबाट लोकप्रिय छ । पहिले बाहिरबाट आएका विधाको अनुवाद हुन्थ्यो, अहिले नेपालमै जन्मेका कविताका स्वरुपहरू छन् । खोरिया नेपाली साहित्यमा लोकप्रिय लोकछन्दको रुपमा स्रष्टाको कलममा अभ्यास राम्रो भइरहेको उहाँले बताउनु भयो ।

विशिष्ठ अतिथि डा.देवी पन्थीले चन्द्रागिरिको कार्यक्रमको लोकप्रियताले स्रष्टाहरूमा कहिले बुधबार आउँछ भन्ने लालच बढ्दै गएको थियो ।

विशिष्ठ अतिथि गंगा लिगल, मणिराज सिंह, कलानिधि दाहालले कार्यक्रमको निरन्तरताको प्रशंसा गर्दै अझ प्रगतिको शुभकामना दिनु भयो । चूडा निर्भिकको कुशल उद्घोषणमा भएको कार्यक्रममा अन्य उपस्थित आमन्त्रित अतिथि साहित्यकारहरू क्रमशः दुर्गा भमरकोटे, उत्तम भेटवाल, लक्ष्मीप्रसाद मिश्र, उमा ओडारी, यज्ञलाल सुवेदी, टेकबहादुर लौडारी, वीरबहादुर लोहनी, गंगा अभिलाषी, उर्मिला पन्त, बिनुबाबा घिमिरे, अनुराधा थापा, सरिता वाग्ले, सुरेश घिमिरे, सन्जना शर्मा, निता गुरुङ, लगायत २३ जना सर्जकहरूले आ-आफ्ना रचना सुनाउनु भएको थियो ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खोरिया लेखनको सैद्धान्तिक अवधारणा बताउँदै अमूल्य समय दिएर जोडिनु भएकोमा स्रष्टाहरूलाई एवं प्रमुख अतिथि, विशिष्ठ अतिथिहरू लगायत उपस्थित सम्पूणर् अतिथि आमन्त्रित साहित्यकारमा कृतज्ञता ज्ञापन गरी कार्यक्रम समापनको घोषणा गर्नु भयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x