साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाईजात्रे घुयँत्रो

के भयौँ के भयौँ हामी संसारकै पछाडि पर्‍यौँ । स्वर्ग जस्तो देश बिगारेर तल पाताल झर्‍यौँ । विश्व सामु नेता मात्र हैन प्रजा जिउँदै मर्‍यौँ ॥

Nepal Telecom ad

चूडा निर्भीक :


हँसाउनेले हँसाउन सकेनन् कहाँ गए ?
नेताहरूका अगाडि कलाकार फिक्का भए ।
वास्तवमा राजनीति व्यङ्ग्य नै केन्द्रमै रहे ॥


के गर्नु हाम्रो अवस्थाले दुनियालाई हँसाएको छ ।
सधैँ सधैँ नै गाईजात्रा राजनीतिमा पसाएको छ ।
जिम्मेवार भन्नेले देश रसातलमा धसाएको छ ॥


के भयौँ के भयौँ हामी संसारकै पछाडि पर्‍यौँ ।
स्वर्ग जस्तो देश बिगारेर तल पाताल झर्‍यौँ ।
विश्व सामु नेता मात्र हैन प्रजा जिउँदै मर्‍यौँ ॥


हत्या हिँशा अनि बलात्कार चलेकै छ ।
सोझा र सीधालाई भाग्यले छलेकै छ ।
यसो गर उसो गर देश जलेकै छ ॥


छुवाछुत प्रथा, नारी भेदभाव संविधानमा हटेको छ ।
बलात्कारीले बलात्कार पछि पनि चेली मार्न खटेको छ ।
दलीत र ब्राह्मण क्षेत्रीको सम्बन्ध पनि डाँडा कटेको छ ॥

०००
हाल : चन्द्रागिरि १० काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x