साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुनगुच्चा

चौबाटोमा पुजाथापी, दुष्कर्मलाई जलाउने । नेपालीका करेसामा, सुन गुच्चा फलाउने ॥

Nepal Telecom ad

चेवनचन्द्र बस्नेत :

नारा सुने हिजो अस्ती, झेलि कुरा रटाउने ।
घाँटी माथि मिलाएर, चार इन्ची घटाउने ॥१॥
पाटे बर्दी लगाएर, द्यौसी खेल्न खटाउने ।
आज फेरि वचन् सुने, करोडौलाई अटाउने ॥२॥

गाँस बास शिक्षा स्वास्थ्य, लालिपप चटाउने ।
चड्कनको चटामारी, चाख भन्दै चखाउने ॥३॥
संघियता धरासायी, गणतन्त्र बचाउने ।
अंशबन्डा जिवै पिच्छे, सब्लाइ मालिक बनाउने ॥४

साँच्चै होत पसौ फेरी ?, घुर्की ठूलो सुनाउने ।
करूणाले बिष प्याला, मुस्कुराउदै पिलाउने ॥५॥
भ्रष्टाचारको खुगीभित्र, झिक्दै खाँदै रमाउने ।
मोजमस्ती भयो दोस्ती, देश विदेश् घुमाउने ॥६॥

कैले होला हिलोभित्र, कालो ढुँगा टुसाउने ।
मझेरीको अगेनोमा, इन्द्रकमल् फूलाउने ॥७॥
चौबाटोमा पुजाथापी, दुष्कर्मलाई जलाउने ।
नेपालीका करेसामा, सुन गुच्चा फलाउने ॥८॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
बुबाआमाका अनुभव सिकौँ

बुबाआमाका अनुभव सिकौँ

चेवनचन्द्र बस्नेत
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

चेवनचन्द्र बस्नेत
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x