साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुर्खाको सपनामाथि तीर

तर, आफ्नो पहिचानको चिहानमाथि रामराज्यको सपना देख्ने को माथि उठेको छ र ? आफ्नै पितृको सपनामाथि तीर घोपेर कुन सन्तान सफल भएको छ र ?

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

असंख्य कस्ट बेहोरेर
आमाले जन्म नदिएको भए
के आज तिम्रो अस्तित्व सम्भव
थियो र !

असंख्य उत्साह खर्चेर
बा ले हात समाएर
हिड्न नसिकाएको भए
के आज तिमी
आफ्नै गोडामा उभिन सक्थौ र !

वंशको जरा सम्झेर
मुस्कुराउदै
हजुर बा र हजुर आबैले
टाउकोमाथि हात राखेर
आशिर्वाद नदिएको भए
के आज तिमी शिर ठाडो परेर
हिड्न सक्थौ र !

जीवनको आकार दिने यो धरती
जीवनको प्राण भर्ने यो हरियाली
जीवनमा रस भर्ने यी खोला नालाहरूले
तिम्रो उत्पत्तिमा साथ नदिएको भए
के आज तिम्रो अस्तित्व सम्भव थियो र ?

तसर्थ,उत्पत्ति र अभ्युदय यात्राका
सृजना कर्ताहरू तथा वंशदाताहरू
स्तुत्य छन्, माननीय छन् !

दुर्भाग्य,
आज तिमी स्वार्थमा बसिभूत छौ
आफ्नो उतत्पत्तिको यथार्थमाथि
अशहिष्णुताको छुरी चलाई रहेका छौ
पुर्खाको श्रम र पौरखलाई पोलेर
आततायीहरूको गाला मुसार्न व्यस्त छौ !

तर,
आफ्नो पहिचानको चिहानमाथि
रामराज्यको सपना देख्ने को माथि उठेको छ र ?
आफ्नै पितृको सपनामाथि तीर घोपेर
कुन सन्तान सफल भएको छ र ?

०००
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x