साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्यालको फुर्ती

वर्षामा खहरे समान जनले फाल्गुनमा चैतमा कस्तो यो स्वर गर्दछन् मन भरी कुर्लेर एकान्तमा आफ्नो यो गतिको भएन कि पता सद्बुद्धी आएन कि फुर्ती गर्दछ स्यालले सहरमा श्री पेच लाए छ कि ?

Nepal Telecom ad

घनश्याम रेग्मी :

धेरै स्याल बढे कुनै सहरमा जम्मा भए सम्मत
आफ्नो धर्म निभाउँदै सदनमा पस्दाभए सम्मत
हा हा हा हुइयाँ गरे गजबले भेला भए केचमा
घोर्ले स्याल पुकार गर्छ थुतुनो उच्चा गरी मेचमा ।१

गर्नेले दिनरात काम गर लौ के गर्नु बाँकी छ र
हल्लामात्र गरे भयो सदनमा भोकै परे वानर
सिन्का भाँच्न परेन जोरसँगमा हा हा र हो हो गरौँ
शंका पर्न दिनु हुँदैन पहिले हामी व्यवस्था गरौँ ।२

उर्दी गर्दछ एक हाकिम बनी हल्ला चलाऊँ अब
देख्नेले पनि भन्न सक्छ यिनले सत्ता चलाउन् सब
सत्तामा जब पुग्नमा सफलता पायौँ भने भै गयो
हाम्रो लक्ष्य सफा छ काम किन होस् मानो जुटे भै गयो ।३

यो संसार असार हो सुन सखे किस्सा हजारौं यता
कस्ले बाट्दछ कन्दनी र तलुवा चाट्ने छ को के पता
उम्रन्छन् सिङ भन्दथे कि उसका उम्रेर आएछ कि
फुर्ती गर्दछ स्यालले सहरमा श्री पेच लाएछ कि ?४

वर्षामा खहरे समान जनले फाल्गुनमा चैतमा
कस्तो यो स्वर गर्दछन् मन भरी कुर्लेर एकान्तमा
आफ्नो यो गतिको भएन कि पता सद्बुद्धी आएन कि
फुर्ती गर्दछ स्यालले सहरमा श्री पेच लाए छ कि ?५

०००
भरतपुर – ५, चितवन
हाल : बैजनाथ १- चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
आमा !

आमा !

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x