साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के हुन्छ ?

के हुन्छ तिनीहरूको बेमौसमी भाषणलाई ताली नबजाएर अस्वीकृत गर्दा ? मेरो जीवनको ताली हराउँछ ? के हुन्छ तिनीहरूको हिड्न छोडेको बाटो हिंड्दा? मेरो बाटो हराउँछ ?

Nepal Telecom ad

नारायण भट्टराई :

के हुन्छ तिनीहरूको इशारामा ननाँच्दा ?
मेरो जीवनको नृत्य हराउँछ ?
के हुन्छ तिनीहरूको थोत्रो ढ्याङ्ग्रो नबजाउँदा ?
मेरो जीवनको मादलको खरी झर्छ ?
के हुन्छ तिनीहरुको गन्धे गोडाको पानी नखाँदा ?
मेरो चिरहरण हुन्छ ?
के हुन्छ तिनीहरुलाइ जिउ जिउ नगर्दा ?
म भिखारी हुन्छु ?
के हुन्छ तिनीहरूको फाइदाको लागि नमर्दा ?
मैले मलामी पाउँदिन ?
के हुन्छ तिनीहरूको थोत्रो आदर्शको वकालत नगर्दा ?
मेरो आदर्शको बिउ मासिन्छ ?
के हुन्छ तिनीहरूको काइते बोलीमा बोली नमिलाउँदा ?
मेरो बोली बन्द हुन्छ ?
के हुन्छ तिनीहरूको बेमौसमी भाषणलाई ताली नबजाएर
अस्वीकृत गर्दा ?
मेरो जीवनको ताली हराउँछ ?
के हुन्छ तिनीहरूको हिड्न छोडेको बाटो हिंड्दा?
मेरो बाटो हराउँछ ?
के हुन्छ तिनीहरूलाई भगवान नमान्दा ?
मेरो आस्था गायव हुन्छ ?
मलाई सबै थोक होस् तर
सत्यको बाटोबाट जीवनको बहान
अन्त मोड्नु नपरोस् ।

०००
हाल अमेरिका ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x