धनराज गिरीकडा हेडसर !
“धन्यवाद हेडसर बा ! नमन किया ! आज बिदा माग्छु !” “किन बिदा माग्ने ? आज त शनिबार नै हो ।” नरम भएर बम विस्फोट भए हेडसर । सहायक भाग्यो ।

धनराज गिरी :
हेडसर, हजुरले २५ वर्ष यो छन्देश्वरी माध्यमिक विद्यालायमा प्रशासन चलाउनु भयो, हाम्रो जिल्लामा एकजना आर के सर हुन्थ्यो, धादिङ धार्केको । उहाँ पनि अति कडा, गुरु भएर बिरामी हुन पाइन्छ भनेर विदा लिन पनि नदिने, चितवन टाइगर ! हजुरको पनि तानाशाही पारा छ भन्ने कुरा एक जना दहचोके सिग्देल नेपाली गुरुबाट कायाकैरन सुनियो । हजुरको कार्यकालमा कति जना सहायक हेडसर बदलिए ? भन्न मिल्छ हेडसर ? हिम्मत गरेर सहायक प्राध्यापक शालूरकान्त उप्रेती बोल्यो, उमेरमा सत्र सालको फरक, हेडसर रामेन्द्र कुइँकेल, उनी पनि आर के, मुसुक्क मुस्कुराए, नौनी जस्तो बोलीमा फौजी बोली बोले । “अरे धोबीको कार्यालय सहायक, हे वैशाखनन्दन, हे लहडी अन्टसन्ट सम्राट, काम छैन ? कविता लेख्नु, गजल लेख्नू, काम नहुनेले गर्ने काम गर्नू ! फेसबुक छैन ?”
“हा हा हा, मेरै पिताश्रीजस्तो हजुर त, यसो आफ्नो बाउजस्तो हेडसरसित छोईदिल्लगी गर्न पनि नपाइने त भन्या !? हेडसर, म पनि एक जमानामा हिटलर थिएँ । पछि “रीस सौन्दर्य मीमांसा” पढाउनुभयो एक देवीले, अति सरल माता,आमा नै भनियो । “बाबु, तिमी त कमल ! त्यस्तो हिलो भएको पोखरीमा बिन्दास भएर फुलेका छौ ! आशीर्वाद छ बाबु !” आमाको आशीर्वाद थियो ।
“आमाको आशीर्वाद पाएर बाउसित जिस्किने त ? लाठी चार्ज हुन्छ अब । त्यो चौध जना भएको कक्षामा सात थपेर त्यो सेक्सनको नाम “स्रग्धरा” राख्नू ! भुवनभरि यसको चर्चा हुनेछ । अण्टसण्ट कुरा गर्ने होइन मसित ! हरेक कुरामा छन्द मिल्नुपर्छ जिन्दगीमा । लय नमिले प्रलय जान्छ । वाणीको महत्व बुझ्नू । माडी र टाँडी कुदेर मात्र हुन्न । अतीततिर फर्किने होइन । गाडी चलाउन जानेको छ ? ब्याक मिरर मात्र हेर्ने होइन । आफ्नै बारेमा मात्र बकबक गरिरहने होइन । मान्छे असल छ, सरल छ, सज्जन छ ! तर के गर्नु ! भुवाजस्तो ! बेटे, सबकुछ लूट जाने के वाद भी कुछ बाँकी रहता है, उसीको जिन्दगी कहते हैं । समझे ? गर्दभ राग से दूर रहो । आक्रोश काम छैन । दुर्वासा नहुनू ! निजत्व जोगाउनू ! स्वमानमा रहनू । कवित्व र कविबीचको नाता बुझ्न्नू । एक दिनमा दश नयाँ शब्द सिक्नू । अब हेडसर हुने तिमी नै हौ ! आशीर्वाद छ ।”
“धन्यवाद हेडसर बा ! नमन किया ! आज बिदा माग्छु !”
“किन बिदा माग्ने ? आज त शनिबार नै हो ।” नरम भएर बम विस्फोट भए हेडसर । सहायक भाग्यो ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest








































