साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिकटेको गोप्य लभ लेटर

मेरो चटपटी स्टाल नै झन्डै लडाइदियो । चाना, मटर त फ्याँकिदियो । अन्त मेरो त तकदिर नै खराब भनेर बसेको थेँ, भोलिपल्ट फेरि आयो । फिरिमा झालमुडी खायो । सुलह भयो नि ।

Nepal Telecom ad

जेन काइजेन :

भन्न त नहुने तर तपाईंलाई नसुनाई पनि सकिनँ मैले । सिकटे ज्वाइँले उनको लभ लेटर छापिदेऊ कि छापिदेऊ भनेर हत्ते नै हाले । छिन् छिन्मा फोन मार्ने र मेसेज हान्ने गर्न थाले । यस्तो मरिहत्ते गरेपछि त मेरो मनमा ज्वाइँसँग हल्का मजाक गरिदिउँ जस्तो लाग्यो । अन्त ज्वाइँलाई अलिअलि चिल्नु पर्‍यो भनेर साँझमा चौरस्तातिर बोलाएँ । त्यसपछि त डेल्लि हो, किलकिलेसम्म आउनेगरि भनेसम्मको सेकुवाहरू टम्म खायो । उता पठाको छ, कहिले छाप्छ भन्दियो । हप्तादिन त मेरो मामाको बिहा जस्तो भयो नि । अन्त ज्वाइँले शंखा गरेछ कि क्या हो उसले कडासँग दियो नि, ‘जसरी पनि छाप् । नत्र यहि चोकमा तँलाई यति खाको सबै निस्किने गरी हान्छु ।’ अनि पो झसंग भएँ त ।

बरू, सम्पादकज्यू ! जसरी पनि छापिदिनु ल यो । मेरो त मर्नु बाँच्नुको सवाल भयो । सिकटे तल सिलिगुडी झरेको छ कि दिवाली मान्नू । आइगोयो भने त मलाई तातो कराइमा भक्भकी तेल उमालेर खन्याउँछु भनेको छ । त्यो लुरेको बलले त भ्याउँदैना कि तर हो होइराङे ग्याङ खनाउनु सक्छ नि । गजडिहरुको के भर !

ओ सम्पादक दाज्यू ! यतातिर आउनु कि डजिङतिर । बरू तपाईं आको बेला म बेवस्ता गर्छु क्या । खानू, बस्नू, तातो, चिसो सब् हुन्छ । माथि सिक्कीमतिर, नाम्चितिर, छङ्गु लेकतिर पुराउने मेरो जिम्मा । अनि सिक्किमे रम् पनि एक दुईवटा कोशेली लानू नि ल । लु लेखेको चैंँ यस्तो छ । सिकटेले अप्सरालाई लेखेको हो । पागल सिकटे कहिले उर्वसी भन्छ, कहिले अप्सरा भन्छ, मलाई नै कन्फ्यूस पार्दिन्छ । ल यति गर्नू नि ल सम्पे दाज्यू । सिकटे आफू त कालो अक्षर भैँसी बराबर रैछ कि । कोल्लाई खेताला लाएर लेखेको हो । पूरा पानाहारू बनाएर छेउ छेउमा बुट्टा मारेर उल्का छ नि हौ । त्यो सबै त के देखाउनु र हैन ? चिठी चैं यस्तो रछ है त ।

१० दिसम्बर २०१६
मेरो धड्कन उर्वसी,
तिमीलाई सम्झिँदा मात्र पनि मेरो मन मुटु बटारिएर आँउछ । ठूलो प्रयासको बादमा मैले यो खत तिमीलाई पठाउँदैछु । तिमीले मेरो दुकान आएर ‘ओई, झानेको खोर्सानी’ भनेको दिनदेखि मेरो दिलमा तिमी रानी भएर बसेको हो । आफ्नो मेरो चेहडा नै त्यस्तै छ त मलाई तिमीले बोलाको राम्रो पो लागो । तिम्रो साथीहरू हाँसेर मलाई मतलव नै छैन । सुकेको खुर्सानी तड्का लगाउँदा मै जस्तोे हुने त हो ।

तर आजकल तिम्रो छडुल्ली साथीहरू बेगर तिमी आउँदा त क्या कमाल हुन्छ नि । तिमी अस्ति बस्दा चेयर नै भाँचियो नि । म सरी भनेँ ल । त्यो तिम्रो गल्ती हनै क्या । त्यो चेयर त अब पूरानो भइगाको थ्यो नि त । अनि मैले तिम्रो लागि भनेर नयाँ चेयर मगाको नि । अस्ति त त्यो पर्तिरको चायवालाले तेरो त्यो मुर्रासँग दिल बस्यो कि क्या हो भन्थ्यो । म त मुर्रा भनेको मुजुर होला भनेकोे त भैसी पो रैछ । उनीहारुले जे भनोस् । जेलसीले सकिएको हो त्योहरु त । आबो अहिलेको जमानामा हन्ड्रेड ट्वान्टी केजीको ज्यान त खास केही हैन क्या । आजकाल त प्लस साइज भन्छ, त्योहरु अब जङ्गली मान्छेहरु मुर्रा भन्छ । मान्छेले दिल हेर्नुपर्छ क्या । आहा ! तिम्रो दिलको तुलना त केहिसँग हुन सक्दैन नि ! तिमी परबाट बिस्तारै घल्चक घल्चक हिँडेर आउँदा क्या खतरा लाग्छ नि । जब तिमी आउँछौ र मेरो हातको सहारामा चेयरमा बस्छौ नि, मेरो भाग्य धन्य लाग्छ हो । तिम्रो ज्यानमा मिर्च मसाला पर्छ भनेर म हातमा सेनिटाइजर लाएर बस्छु नि । त्यो सामको टायममा मेरो आखाँ पर दूर दूर तक तिमीलाई खोजिराखेको हुन्छ नि ।

मेरो हातको चना चटपटी त्यस्तोे मन पराएपछि पक्कै पनि तिम्रो मनमा म बसिसकेको होला भनेर यो लेटर पठाउन खोजेको हो । यो लेटर हैन मेरो ढुकढुकी हो । तिमीले एकपल्ट ओके मात्र भनेर हेर न, म तिम्रो लागि चट्पटी बनाएर तिम्रो कालेजमा, घरमा जहाँ पनि लिएर आउन तयार छु ।

उर्वसी, तिमीले मलाई काला पत्थर, डढेलोको ठूटो, नर्कट, सन्ठी, ढोडे, तड्का लगाएको खुर्सानी, सिद्रा जे भनेपनि राम्रो लाग्छ हो । के यो माया हो ? तर तिमी मेरो लागि गुलाफ, इन्द्रकमल, रातको रानी, चन्द्रमुखी नै हो ।

हेर न, तिमीसँग भेट भएदेखि मेरो मनमा तिमी मात्र पो छौ । पुरानो कुरा त सबै डिलिट भएर गैगो नि । अन्त म त दिनमा के के पो सपना देख्न थालिहालेको छु त । म त भन्छु त्यता बतासेतिर, चौरस्तातिर एउटा सानो दुकान खोलेर राखौँ । दुकानको नाम पनि ‘अप्सरा स्टोर’ राख्ने कि ‘मायाको मुहुनी’ राख्ने तिमी नै भन ।

सुन न । मेरो फुपा सिलगढीमा लुगा र कस्मेटिकको होलसेन गर्छ कि । मैले पनि चार पाँच साल त्यहाँ काम गरेको नि त । मलाई सब् आइडिया छ । त्यहि भएर एउटा स्टोर लगाउँ । मालामाल हुन्छ । हेर अप्सरा, तिमीलाई लिएर मैने ठूलो ठूलोे ड्रिम देखेको छ । आबो ओके भन्ने पालो तिम्रो । तिमी जस्तो साथी पाए म पनि अम्बानी ठान्थे आफूलाई ।

अनि कुरा रह्यो – तिम्रो खान्कीको । तिमीलाई भनेर छ वटा अन्डा र एउटा मुर्गी डेली जुटाउने काम मेरो । अस्ति तिम्रो साथीले जीम जानू नि भनेको सुन्दा मलाई कस्तो रिस उठेको नि । तिमी जीम गयो भने त आफ्नो बल्ल बल्ल बनाको जीउ खतम भैहाल्छ नि । त्यो चैं कुरा नमान है ।

मैले नेपाली उति आउँदैन नि त । अन्त उताको दोकाने माइलासँग हेल्प लिएर लिखेको खत हो यो । पहिले पहिले त मुखैले हुन्थ्यो कि ता तर तिमी त पढालिखा मान्छे । त्यहि भएर खत लिख्दैछु । अब लास्टमा म ‘आइ लभ यू’भन्छु । तिमी भन कि नभन म चाहिं ‘लभ यू कि लभ यू’ भन्छु । अव यो खतको रिप्लाइको आशामा है ।

तिम्रो झानेको खुर्सानी

अनि यो चिट्टी पढेपछि के रिप्लाई आयो त भनेर मैले सोधेको थिएँ ज्वाइँलाई । ‘ओ, मेरो बावली त दुर्गा माता बनेर आयो नि । धन्न लात्ती उचाल्न नसकेर मात्र । मेरो चटपटी स्टाल नै झन्डै लडाइदियो । चाना, मटर त फ्याँकिदियो । अन्त मेरो त तकदिर नै खराब भनेर बसेको थेँ, भोलिपल्ट फेरि आयो । फिरिमा झालमुडी खायो । सुलह भयो नि । मुहुनी बसेको हो सालाज्यू । हल्का रिसाउँछ नि आब । ऊ रिसाउँछ, म फुसलाउँछु नि,’ उनले मन खोले । ज्वाइँले प्रमिस गरेका छन् । अरु धेरै कुरा सुनाउँछु भनेका छन् । सबै गोप्य कुरा लेखाउन पनि भएन नि त अर्कालाई । हेरौं अब ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x