साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (९)

म जस्तो गतिलो मान्छे चुनावमा हराउला मेरा कुरा नपत्याए पछाडी दु:ख पाउला । यिनै धम्की बिकाएर चुनाव जित्न जान्दछु जितेकैदिनमा राजा आफैलाई म ठान्दछु ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

बूढापाकाहरूलाई बाँचेभत्ता दिलाउँला
स्वर्गवास भएदेखि घाटमा भेट्न आउँला । (८१)

म युवायुवतीलाई विदेशमा धपाउँछु
तिनैका पसिना चुस्न यहाँ म मुख बाँउछु । (८२)

स्वास्थ्य संस्थाहरू खोल्छु रोगी दिन्न जचाँउन
दिन्छु मैले सधैं ध्यान निरोगी नै बचाउन । (८३)

म चाहिँ रोगले ग्रस्त भएँ भन्न रुचाउँछु
राज्यको धनले जाँच्न विदेशतिर धाउँछु । ( ८४)

नराम्रो रोग लागेको सकेको स्वाङ पार्दछु
उपचार भनी सक्तो राष्ट्रकोष निखार्दछु । (८५)

भित्रभित्रै सकेसम्म देश बिमार पार्दछु
रोगीको नाम बेचेर आफ्नै थैलो सपार्दछु । (८६)

गर्छु स्याहार नारामा अशक्त र अपाङ्गको
जितेँभने सबै नारा भुल्छु याद रहन्न त्यो । (८७)

चुनाव आउँदाखेरि हरेक घर डाक्टर
पुर्‍याउने म नै हुन्छु अरूले गर्न सक्छर । (८८)

म जस्तो गतिलो मान्छे चुनावमा हराउला
मेरा कुरा नपत्याए पछाडी दु:ख पाउला । (८९)

यिनै धम्की बिकाएर चुनाव जित्न जान्दछु
जितेकैदिनमा राजा आफैलाई म ठान्दछु । (९०)
क्रमशः

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x