साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसले सक्ने ?

काँतर भगौडे लुकाइ होइन स्वाभिमानी लुकाइ । (ढुङ्ग्रो बोक्दै) दाज्यू म जानुपर्‍यो । ए भाउज्यू तपाईंको दूध लगेँ है । अलिकति ढुङ्ग्रोमा लगेन भने ता पुलिसले फेरि ट्याटु बनाइदेला ।

Nepal Telecom ad

कृष्ण प्रधान :

पात्रहरू -चिबे, हबुल्ले, हामपोक्ची ।

दृश्य विवरण – साघारण कोठाभित्र दुइ लोग्ने स्वास्नी (हबुल्ले र हामपोक्ची) पलङमूनि बसेका छन् । नेपथ्यबाट ग्वाला (चिबे) को आवाज कोठभरि थुरिन्छे ।

चिबे – (नेपथ्यबाट) दूध हजूर । भाउज्यूको दूध आइपुग्यो ।

हबुल्ले – (छक्क पर्दै) यतिबेला दूध ?

चिबे – हजूर सोसियस डिस्टेन्स गर्दा गाईको दूध टाढैबाट दुहुनु कम्ति समय लाग्छ अन्त ।

हामपोक्ची – दूधको भाँडामा खन्याएर जाऊ न । (स्वतः) अरु बेला ता सुटुक्क दूध दिएर जाने आज चाइने के भयो यो ग्वालालाई ।

हबुल्ले – तिमीलाई हेर्नु मन लाग्यो होला नि । (दूधको ढुङ्ग्रो लिएर चिबेको प्रवेश । दुवै लोग्ने स्वास्नी छक्क पर्छन्) आँ…चिबे पो रहेछ । फोन गरेको थिएँ तँ भाँडा मोल्दैछस् भनेर डिस्टर्ब गरिनँ ।

चिबे – यति गरेन भने ता पुलिसले लकडाउन ट्याटु बनाइहाल्छ नि भाउज्यू । यी पुलिसहरू ता ठिकै छन् सिभिक भोलियण्टर पो हिन्दी सिनेमामा नानाहरू बाठ्ठे भएर बोलेकोजस्तो चम्केको देख्दा कम्ति ता श्रीजङ चल्दैन । एउटाले रोकुँला रोकुँलाजस्तो गर्दैथ्यो दूधको ढुङ्ग्रो देखेर साइड लाग्यो नि ।

हबुल्ले – बाइचान्स ढुङ्ग्रो हेरेको भा चाहिँ लकडाउन ट्याटु मात्र होइन तेरो करङ् गन्नेथ्यो नि । धन्य बाँचेछस् ।

चिबे – अच्छा तिमीहरू दुई लोग्ने स्वास्नी चैँ पलङमुनि कि ? यो कस्तो उपद्र्‍याइँ हो ?

हामपोक्ची – उपद्रो होइन चिबे नानी । कोरली र ल्याङ्फ्याङलाई झुक्याउन चाइने पलङमुनि बस्या हो । हामी दुईलाई पलङमा नदेखेर फर्केलान् नि ।

हबुल्ले – कोरोना हौ कोरली होइन हाम्पू । ल्याङफ्याङ होइन आमफान । (जिस्काउने प्रयास) कोरोनाको डाउट हुनेलाई कहाँ राख्छ अरे !

हामपोक्ची – (हतार हतार) काण्टिनमा ।

चिबे – क्वारेण्टाइन हो क्वारेण्टाइन ….काण्टिन होइन ।

हामपोक्ची – हाम्रा नेताहरूका नाम चाइऩे सठिक उच्चारण गर्नुपर्छ तर मान्छेको नाश गर्नेलाई जे भन्दा पनि भो । साँच्ची नानी यो ल्याङ्फ्याङले ता निकै बिगार्छ भन्छ नि ।

चिबे – तपाईलाई कसले भन्यो भाउज्यू ?

हामपोक्ची – एई हबुल्ले यसको ल्यापल्यापमा देखाको ।

हबुल्ले – (छक्क परेर) ल्यापल्याप ?

चिबे – के हो यो ल्यापल्याप भनेको चाहिँ ?

हामपोक्ची – हबुल्लेले यसको काखाँ राखेर के के नक्शा देखाउँछ नि त्यै ल्यापल्याप ।

हबुल्ले – (दारा किट्दै) ल्यापल्याप होइन हौ लाटी । ल्यापटप…ल्यापटप ।

हामपोक्ची – (दिक्क मान्दै) आ होस् न है । ल्यापल्याप भन्या पनि कामको टप भन्या पनि तिमेरले बुझ्यौ होइन ? चिबे नानी मलाई ता यो आँखादेखि पो सुर्ता लाग्दैछ ।

चिबे – किन भाउज्यू ?

हबुल्ले – (कुरा काट्दै) चिनियाँको देवताजस्तो देखिन्छ हेर न । हामीजस्तो टिभीमा न्यूज हेर वा फेसबुक हेर ने हाम्पूभन्दा तेरी भाउज्यू पटक्कै मान्दिनन् । हाम्रो आँखा हेर न (आँखा देखाउँछ) टिभी फेसबुक हेरेर कत्रो कत्रो भाको छ…

चिबे – र ता तेरा आँखा गोलभेँड़ाभन्दा पनि खतरा भाको रहेछ नि ।

हामपोक्ची – म ता टिभी न्यूज हेर्दै हेर्दिनँ अन्त । समाचार पनि यति डरलाग्दो भन्छन् कि सातोपुत्लो उड्छ अन्त । यो फेसबुक ता झन् छाडा भइसक्यो । नानी पाएको पनि हालेकै छ,मोमो बनाएको पनि हालेकै छ, मासु पकाएको पनि हालेकै छ, सुङ्गुरले बच्चा ब्याउँदा पनि हालेकै छष गाड़ी किन्दा पनि हालेकै छ । खुट्टा मड़्किँदा पनि हालेकै छ । आफ्नै बारीको काँक्रो हालेर यो के हो चिन्नुहुन्छ ? पो लेख्छन् ता । मान्छे मरेको लेखिराको हुन्छ, लाइक पो गर्छ ता । मान्छे मर्दा पनि लाइक गर्ने हो ? यस्ता बकवासका कुराहरू हेर्नु फेसबुकमा ? हेर्दिनँ म ता ।

हबुल्ले – एकदिन तिमी राती आखा खोलेर सुतेकी खिँचेर फेसबुकमा हालिदिन्छु ल ।

हामप्कोची – हाल्नु न…मार्छु पो ।

चिबे – (छक्क परेर) किन…भाउज्यू सुत्दा आँखा खुल्लै हुन्छ कि क्यो हो !

हबुल्ले – हो नि । एकदिन के भयो थाहा छ चिबे ? तेरी भाउज्यू मस्त सुतिरहेकी थिइऩ्…दधिराम सर आउनुभएको थियो । आँखा खुल्ला देखेर नमस्कार गर्दा म ता मरिगए हाँस उठेर ।

चिबे – ठिकै छ ता । आँखा खुल्ला राखेर सुतेको राम्रो नि । चोर आयो भने पनि घरका मान्छे सुतेका छैनन् भनेर नचोरी फर्किन्छ । धन्य भाउज्यू सुत्दा आँखा खुल्लै पारेर सुत्नुहुँदोरहेछ । मेरी श्रीमती ता राती निन्द्रामै ओछ्यानबाट जुरुक्कै उठेर बाहिर जान्छे । एकदिन राती उठेर सुरुसुरु बाहिर निस्किँदा दा ! दूध उम्लियो कि दूध उम्लियो भनी कराउँदै थिई ।

हबुल्ले – ठैट यस्तो ता साह्रै रिस्क हुन्छ है ।

हामपोक्ची – हो नि । रातितिर कहीँ गएर केई भइदियो भने ता ता सर्वनाश नि ।

चिबे – हो नि कोही बेला ता ता बिजोक पार्छ नि हौ । अहिले राती सुत्ने बेलामा उसको खुट्टाको बूढी औँलामा सुन्तली डोरी बाँधेर सुत्ने गरेको छु । मेरो निन्द्रा कुम्भकणर्लाई पनि जिताउने खालको छ ।

हामपोक्ची – दा चौ कसलाई भनेको नि ?

हबुल्ले – उसकै लोग्नेलाई नि !

हामपोक्ची – अचेलका आइमाई मान्चेहरूले आफ्ना खसमलाई किन ‘दा’ भनेकी होला हई । सबैको मुखमा यही शब्द सुन्छु ।

चिबे – त्यो पनि नाम काढी काढी नि ।

हामपोक्ची – असाध्यै नराम्रो । खासमा ता हामी हिन्दू नारीले आफ्ना खसमको नाउँ काढ्न हुँदैन नि ।

हबुल्ले – नाउँ ता काढ्याे काढ्याे ‘दा’ पनि पो भन्छे अनि ।

हामपोक्ची – संस्कार नसिकेकाहरू यस्तै हुन्छन् ।

चिबे – (प्रसङ्ग बदलिँदै ) तर तिमीहरू पलङमुनि लुकेर बसेका दृश्य मलाई साह्रै मनपर्‍यो ।

हबुल्ले – हेर् चिबे भाइ । यो लुकाइ कुनै राजनीति लुकाइ होइन । पावरमा हुँदा काम बिगारेर पावरलेश भएपछि अहिले टाप लाउने नेताहरूजस्तो दस ठाउँ लुकिहिँड्ने हामी दुई लोग्ने स्वास्नी हुँहै होइनाैँ । लकडाउन अक्षरस पालन गरेका हौँ ।

चिबे – काँतर भगौडे लुकाइ होइन स्वाभिमानी लुकाइ । (ढुङ्ग्रो बोक्दै) दाज्यू म जानुपर्‍यो । ए भाउज्यू तपाईंको दूध लगेँ है । अलिकति ढुङ्ग्रोमा लगेन भने ता पुलिसले फेरि ट्याटु बनाइदेला । ग्वाला ता ठहरिएँ । लकडाउनमा पनि दूध पुर्‍याउन जानैपर्‍यो । (हाँस्छ) हिँ….हिँ…हिँ….। लकडाउन सकेर भाउज्यूको दूध फर्काइदिउँला ।

हामपोक्ची – फर्काउनु पर्दैन ।

हबुल्ले – (मुस्कुराउँदै) चिबेलाई कसले रोक्ने ? कागभन्दा कोइली चङ्खो ।

पर्दा खस्छ ।

०००
सिलिगुडी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x