साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाली विकास प्रतिष्ठान

चाहेको नभेटे बहाली, गर्न नपाए हालीमुहाली भ्रमको खेतीमा चलाउनुस्, गालीको कोदाली । उमार्न जातिगत वैमनस्य, मच्चाउन घमासान, मिलेर गरौँ स्थापित ! गाली विकास प्रतिष्ठान ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

जता हेर्नुस् उतै नै, गज्जब भैरहेछ यसपालि,
चलिरहेछ प्रतियोगिता, दिनरात दिने गाली ।

बन्दुक पडकाउन सबैले, लिनुपर्छ स्वीकृति,
तर स्वीकृति चाहिदैन, गर्न गाली बेइज्जती ।

नबगाई कतै रगत, घाउ पार्छ गालीले गहिरो,
त्यसैले गाली दिनेको, लागेको आज ओइरो ।

अखबारभरी समाचार, तस्बिर पनि छापिने,
गाली महिमाले सबैतिर सजिलै सबै नापिने ।

रत्तिपनि ,नराखी शंका, हे वीर ! बढ अगाडि,
देउ खोजीखोजी गाली, डटेर, नहटेर पछाडि ।

हामीपनि लिउँ न गएर भाग,बजाउँदै ताली,
ओछ्याउनु छ देशभरि, गाली कै हरियाली ।

तिमी मलाई देऊ, म तिमीलाई दिन्छु गाली,
जोगिन कुकर्मबाट, उपाय उपयोगी जाली ।

चाहेको नभेटे बहाली, गर्न नपाए हालीमुहाली
भ्रमको खेतीमा चलाउनुस्, गालीको कोदाली ।

उमार्न जातिगत वैमनस्य, मच्चाउन घमासान,
मिलेर गरौँ स्थापित ! गाली विकास प्रतिष्ठान ।

०००
विराटनगर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x