साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विन्दु दाहाल ‘मूकदर्शक’को कविता कृति ‘अन्तर्वोध’ लोकार्पण

प्रमुख अतिथि प्रा.डा. टङ्क नेउपाने तथा विशिष्ट अतिथिहरुबाट संयुक्त रुपमा लोकार्पण गरिएको कृतिको समीक्षक द्वय शिशिर भट्टराई तथा भीम दाहालबाट कृतिको समीक्षात्मक परिचय गराइएको थियो ।

Nepal Telecom ad

दमक, झापा २०८० मङ्सिर १६। साहित्य कला सङ्गम, दमकको आयोजनामा कवि विन्दु दाहाल ‘मूक दर्शक’को २४१ भन्दा बढी छन्दमा लेखिएका २८७ वटा भन्दा बढी कविता सङ्कलित ‘अन्तर्वोध’को लोकार्पण कार्यक्रम सम्पन्न भयाे ।

कार्यक्रम सङ्गमका अध्यक्ष विष्णु नेउपानेको अध्यक्षता, प्रा.डा. टङ्क नेउपानेको प्रमुख आतिथ्य, आख्यानकार तथा सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेल, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, प्रसिद्ध कवि जीवनहरि शर्मा, प्राज्ञ सभासदद्वय सुमित्रा वाङ्देल, रामप्रसाद खरेल, प्रलेस केन्द्रीय उपाध्यक्ष तीला लेकाली, प्रलेस केन्द्रीय सदस्य राजेन्द्र संग्रौला, समीक्षक भीम दाहाल, समीक्षक शिशिर भट्टराईलाई विशिष्ट अतिथिको रुपमा मञ्चमा आसिन गराई सङ्गमका सचिव दीपक सुवेदीको सञ्चालन तथा यादवप्रसाद अधिकारी ‘झाँक्रीखोले’को स्वागतमा अघि बढेको थियो ।

प्रमुख अतिथि प्रा.डा. टङ्क नेउपाने तथा विशिष्ट अतिथिहरुबाट संयुक्त रुपमा लोकार्पण गरिएको कृतिको समीक्षक द्वय शिशिर भट्टराई तथा भीम दाहालबाट कृतिको समीक्षात्मक परिचय गराइएको थियो ।

कविहरु मिना अधिकारी, हरि पराजुली, रीता पोखरेल, जय आचार्य, किशोर कोइराला, तीला लेकालीले लोकार्पित कृतिभित्रबाट सुन्दर लय र सुमधूर स्वरमा कविता वाचन गर्नुभएको थियो भने कविहरु भरत गुरागाईं ‘बर्बरिक’, हरिनारायण भट्टराई, विरही अधिकारीले आफ्ना कविता वाचन गर्नुभएको थियो ।

प्रमुख अतिथि प्रा.डा. नेउपाने, विशिष्ट अतिथिहरु पुण्यप्रसाद खरेल, चन्द्र भण्डारी, रामप्रसाद खरेल, सुमित्रा वाङ्देल चेली, राजेन्द्र संग्रौला, जीवनहरि शर्मा, कृतिकार विन्दु दाहालकी जीवनसाथी इन्दिरा दाहालले स्रष्टालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

कृतिका स्रष्टा स्वयम्ले कृति रचना बारे आफ्नो अनुभव सुनाउँदै आफूलाई कृति प्रकाशनमा प्रेरणा दिने तथा आजको कार्यक्रममा उपस्थित सबैप्रति धन्यवाद आभार व्यक्त गर्नुभयो भने अध्यक्ष विष्णु नेउपानेले पनि आजको कार्यक्रम सफल बनाउन सघाउ पुर्याउने र उपस्थित सबैप्रति धन्यवाद र आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो ।

प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुलाई मायाको चिनो उपहार प्रदान गरिएको यस भव्य कार्यक्रममा कविहरु भगवती ढुङ्गेल, नवराज घिमिरे, एन बी दाहाल, कृष्णप्रकाश सुमार्गी, दुर्गाप्रसाद सिग्देल, जयनारायण भट्टराई (इलाम), तुलसीप्रसाद भट्टराई, उत्तमकुमार पोखरेल, डिल्लीराम परदेशी, विष्णु रिजाल, यज्ञ परिश्रमी, नवराज निरौला, टीका भट्टराई नेपाल, लोकमणि गौतम, लीला भण्डारी, दीपिका पोखरेल, हरिप्रसाद रिमाल, नरपति पाण्डे, देवीचरण भण्डारी, शिव रेग्मी प्रणत, खेमलाल पोखरेल, कमलप्रसाद भट्टराई, लक्ष्मी फुँयाल, रविन्द्र कोइराला, डम्बरुवल्लभ भण्डारी, दिवस पोखरेल, धिरेन्द्र दाहाल, परशुराम ढकाल, त्रिलोचन रेग्मी, रुद्रप्रभात, केशव रिजाल, रेवती घिमिरे, राजन चापागाई, कृष्ण उदासी, तोया काफ्ले, सरोज आचार्य लगायत स्रष्टाहरुको उपस्थिति रहेको कार्यक्रम भव्यरुपमा सम्पन्न भएको थियो ।

०००
– पुण्यप्रसाद खरेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x