साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाहुना

यसपटक उनको ढिठ अडानका पछाडि एउटै कारण थियो - बाह्र वर्ष अगाडि घर छाडी बिदेसिएको उनको एउटै छोरो पहिलोपल्ट एक हप्ताका लागि एक्ली आमा सम्झिएर फर्किँदै थियो पाहुना बनेर ।

Nepal Telecom ad

लक्ष्मण अर्याल :

हिमाली यात्रामा घुम्न जाने सल्लाह गरिरहेका साथीहरू बीच उनले भनिन् – “यसपालि जान पाइन्न जस्तो छ, तिमीहरू जाओ । म अर्को साल यात्रामा मिसिनेछु ।”

उनको रसिलो मिजास र साथीभाइलाई एक सूत्रमा जोड्न सक्ने विशेष खुबीले साथीहरू उनलाई यात्रामा जोडिन कर गरिरहेका थिए ।

उनले भनिन् – “यसपालि पाहुना आउनेवाला छन् । पाहुना आउँदा घरमूलीको अनुपस्थितिले प्रभाव पार्छ । यसैले यसपालि कर नगर ।”

साथीहरूले एक स्वरमा भने – “पाहुनालाई आफ्नो बेफुर्सदी बताए हुन्न र ? नीजि जीवनको व्यवस्थापनमा पाहुनाको हैकम कहाँ पो रहन्छ र ?”

“यसपल्टका पाहुनाहरू विशेष छन् । तिनलाई टार्न, पन्छाउन अलि मिल्दैन । अघि या पछिको समय समायोजन पनि असम्भव प्रायः छ ।” – उनी आफ्नै जबर्जस्त अडानमा रहिरहिन् । साथीभाइका साथ कहिल्यै नछाड्ने उनले यसपल्ट पाहुनाका लागि साथीभाइका विशेष आग्रहलाई पनि त्यागिन् ।

नत्यागून् पनि किन ? उनी एक संवेद्य नारी हुन् जसले हृदयका प्यारा आफन्तका खातिर जे पनि उत्सर्ग गर्न सक्छिन् । यसपटक उनको ढिठ अडानका पछाडि एउटै कारण थियो – बाह्र वर्ष अगाडि घर छाडी बिदेसिएको उनको एउटै छोरो पहिलोपल्ट एक हप्ताका लागि एक्ली आमा सम्झिएर फर्किँदै थियो पाहुना बनेर ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म पनि हिमाल बन्न चाहान्छु

म पनि हिमाल बन्न...

लक्ष्मण अर्याल
स्वतन्त्रता

स्वतन्त्रता

लक्ष्मण अर्याल
जीत

जीत

लक्ष्मण अर्याल
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
विवशता

विवशता

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x