लक्ष्मण अर्यालपाहुना
यसपटक उनको ढिठ अडानका पछाडि एउटै कारण थियो - बाह्र वर्ष अगाडि घर छाडी बिदेसिएको उनको एउटै छोरो पहिलोपल्ट एक हप्ताका लागि एक्ली आमा सम्झिएर फर्किँदै थियो पाहुना बनेर ।

लक्ष्मण अर्याल :
हिमाली यात्रामा घुम्न जाने सल्लाह गरिरहेका साथीहरू बीच उनले भनिन् – “यसपालि जान पाइन्न जस्तो छ, तिमीहरू जाओ । म अर्को साल यात्रामा मिसिनेछु ।”
उनको रसिलो मिजास र साथीभाइलाई एक सूत्रमा जोड्न सक्ने विशेष खुबीले साथीहरू उनलाई यात्रामा जोडिन कर गरिरहेका थिए ।
उनले भनिन् – “यसपालि पाहुना आउनेवाला छन् । पाहुना आउँदा घरमूलीको अनुपस्थितिले प्रभाव पार्छ । यसैले यसपालि कर नगर ।”
साथीहरूले एक स्वरमा भने – “पाहुनालाई आफ्नो बेफुर्सदी बताए हुन्न र ? नीजि जीवनको व्यवस्थापनमा पाहुनाको हैकम कहाँ पो रहन्छ र ?”
“यसपल्टका पाहुनाहरू विशेष छन् । तिनलाई टार्न, पन्छाउन अलि मिल्दैन । अघि या पछिको समय समायोजन पनि असम्भव प्रायः छ ।” – उनी आफ्नै जबर्जस्त अडानमा रहिरहिन् । साथीभाइका साथ कहिल्यै नछाड्ने उनले यसपल्ट पाहुनाका लागि साथीभाइका विशेष आग्रहलाई पनि त्यागिन् ।
नत्यागून् पनि किन ? उनी एक संवेद्य नारी हुन् जसले हृदयका प्यारा आफन्तका खातिर जे पनि उत्सर्ग गर्न सक्छिन् । यसपटक उनको ढिठ अडानका पछाडि एउटै कारण थियो – बाह्र वर्ष अगाडि घर छाडी बिदेसिएको उनको एउटै छोरो पहिलोपल्ट एक हप्ताका लागि एक्ली आमा सम्झिएर फर्किँदै थियो पाहुना बनेर ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































