साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वतन्त्रता

मेरो ढिटपनासँग उनको केही लागेन । म स्वतन्त्र भएँ । आज म मुक्ताकाशको पन्छी हुँ तर उनका कुरामा फकिने तिनीहरू भने उनका पराधीन अनुयायी मात्र हुन् ।

Nepal Telecom ad

लक्ष्मण अर्याल :

उनले भने – “के चाहन्छौ माग ।”
मैले भनेँ – “स्वतन्त्रता ।”
उनले फेरि भने – “के गर्छौ जाबो स्वतन्त्रता लिएर ? त्यसले न खान दिन्छ न लगाउन ।”
मैले भनेँ – “के खानु र लगाउनु मात्रै जीवन हो र ?”
उनले भने – “यी नैसर्गिक अधिकारका आधार कुरा हुन् । यसलाई नै पहिला सुरक्षित गर्नु बुद्धिमत्तापूर्ण निर्णय होइन र ?”

उनले खानु र लगाउनुमै जोड दिइरहे । मैले स्वतन्त्रता मात्र मागिरहेँ उनीसँग । उनले मलाई बुद्धु भने, जीवनको अन्तर्य बुझ्न नसक्ने अव्यावहारिक भने तर म मेरो कुरामा टसमस भइन । त्यसो त उनको पछि नलाग्ने म मात्र थिएँ । अरू सबै उनका कुराले खाना र नानामा फकिइसकेका थिए ।

मेरो ढिटपनासँग उनको केही लागेन । म स्वतन्त्र भएँ ।
आज म मुक्ताकाशको पन्छी हुँ तर उनका कुरामा फकिने तिनीहरू भने उनका पराधीन अनुयायी मात्र हुन् ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म पनि हिमाल बन्न चाहान्छु

म पनि हिमाल बन्न...

लक्ष्मण अर्याल
पाहुना

पाहुना

लक्ष्मण अर्याल
जीत

जीत

लक्ष्मण अर्याल
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
विवशता

विवशता

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x