साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वतन्त्रता

मेरो ढिटपनासँग उनको केही लागेन । म स्वतन्त्र भएँ । आज म मुक्ताकाशको पन्छी हुँ तर उनका कुरामा फकिने तिनीहरू भने उनका पराधीन अनुयायी मात्र हुन् ।

Nepal Telecom ad

लक्ष्मण अर्याल :

उनले भने – “के चाहन्छौ माग ।”
मैले भनेँ – “स्वतन्त्रता ।”
उनले फेरि भने – “के गर्छौ जाबो स्वतन्त्रता लिएर ? त्यसले न खान दिन्छ न लगाउन ।”
मैले भनेँ – “के खानु र लगाउनु मात्रै जीवन हो र ?”
उनले भने – “यी नैसर्गिक अधिकारका आधार कुरा हुन् । यसलाई नै पहिला सुरक्षित गर्नु बुद्धिमत्तापूर्ण निर्णय होइन र ?”

उनले खानु र लगाउनुमै जोड दिइरहे । मैले स्वतन्त्रता मात्र मागिरहेँ उनीसँग । उनले मलाई बुद्धु भने, जीवनको अन्तर्य बुझ्न नसक्ने अव्यावहारिक भने तर म मेरो कुरामा टसमस भइन । त्यसो त उनको पछि नलाग्ने म मात्र थिएँ । अरू सबै उनका कुराले खाना र नानामा फकिइसकेका थिए ।

मेरो ढिटपनासँग उनको केही लागेन । म स्वतन्त्र भएँ ।
आज म मुक्ताकाशको पन्छी हुँ तर उनका कुरामा फकिने तिनीहरू भने उनका पराधीन अनुयायी मात्र हुन् ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म पनि हिमाल बन्न चाहान्छु

म पनि हिमाल बन्न...

लक्ष्मण अर्याल
पाहुना

पाहुना

लक्ष्मण अर्याल
जीत

जीत

लक्ष्मण अर्याल
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x