साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नङ

करोडौंको कमिसन असुली थमाउँछ अस्थिर स्वभाव हुनेसँग खुबै रमाउँछ । सत्ता पनि घुर्की लगाइ पल्टाउने कुरा ठूलो माछाको काँध चढी खान्छ रे भुरा ॥

Nepal Telecom ad

भोलानाथ सुवेदी :

साह्रै गाह्रो पर्न थाल्यो पाल्न यो नङ
पालिस लगाई दाँज्ने गर्छ अरुअरुसँग ।
काट्न पनि मान्दैन पाल्नुपर्छ भन्छ
सरकारको ढुकुटीमा हात हाल्छु भन्छ ॥

कहिले जान्छ बालुवाटार कहिले खुमलटार
ढाड कन्याई फर्कन्छ रे उसले बारम्बार ।
विदेशी दूतावासमा छिर्ने गर्छ कहिले
शासकलाई चिमोटेर थला राख्छ जहिले ॥

च्यात्ने गर्छ मोजा अनि सिरकका खोल
घरभित्रको व्यवस्था पार्छ डामाडोल ।
सरकार पनि डगमगाउँछ देखे लामो नङ
दरबारभित्र पस्यो भने पार्छ रे तमाम ॥

करोडौंको कमिसन असुली थमाउँछ
अस्थिर स्वभाव हुनेसँग खुबै रमाउँछ ।
सत्ता पनि घुर्की लगाइ पल्टाउने कुरा
ठूलो माछाको काँध चढी खान्छ रे भुरा ॥

०००
काठमाडौं
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x