साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुक्की खाने गफ !

अभाव र महँगीको भीषण वृद्धि छ । आयातको भरमा देश चलेको छ । ठुला- बडाको कारमा कुदाकुद छ, ग्वारग्वार छ । खर्चको भरमार छ, सेमिनार छ, गोष्ठी छ तातोछारो मरु, तर पनि राजनीतिको भरमार छ । दुर्हाल छ, तर पनि बताउँछन्- असल हाल छ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

मुक्की ! मुक्की ! मुक्की !

गफडीले सुन्यो- मुक्केवाजहरू मुक्की खुवाउँछन्, मुक्की खान्छन् । विचित्र ! हेर्नेहरू मुक्की खाएको र खुवाएको हेर्दा आनन्दित हुन्छन् । जुन मुक्केवाजले बेसरी अर्कालाई ठटाउँछ- उसलाई दर्शकहरू स्याबासी दिन्छन् । गफडी सोच्छ यसमा, यसै रहेछ संसार । मुक्की खाँदा-खाँदा बाउ आमा गल्छन् छोरा-छोरी हेर्दैनन्, मर्छन् माटामा विलीन हुन्छन्, कसैलाई पर्वाह हुन्न । कैयौँ लेखक-कविले कति-कति उत्कृष्ट रचना गरेर जान्छन्, पाठक पढ्दा रोमाञ्चित भई पढ्छन्, तर ती लेखकले कति मुक्की खाएका हुन्छन्, जीवनमा कष्टका, पाठक कहाँ वास्ता गर्छन् ? काँधमा छाना भिरी हिड्ने बुढा गुरुलाई कुनै उच्च अधिकृतले कति सम्झलान्- यस्तै छ मुक्की खानेको हाल । तापनि मुक्की खानेहरूले दर्शक-पाठकलाई रोमाञ्चित पारिरहेका छन् ।

स्वार्थ ! स्वार्थ ! स्वार्थ !

पशुका कुरा त छाडौँ, पशु ता पशु भइगयो, नर रूप धारण गर्ने अधिकांश नरपशुहरू पनि प्रायः स्वार्थी रहेछन् । तिनी परिश्रमी लेखकको कदर गर्दैनन् र स्वार्थीहरूलाई बदर गर्दैनन् । यहाँ हाकिम साहेबको पूजा हुन्छ, सेठ स्वॉठिन्छ, तर साहित्यकार, सच्चा पत्रकार, प्रोफेसर, खेलाडी, गीतकार, कलाकारको अपहेलना हुन्छ । खेलाडीभन्दा खेलका पदाधिकारी मोटाउँछन् । ‘नयाँ शिक्षा’ भनिकन शिक्षक दल्ने कति अधिकारी के-के भइसक्ता शिक्षक चुच्चे ढुङ्गो उही टुङ्गो भए । प्रसिद्ध गायकहरू सुब्बा छन् । यस्तै छ यहाँ हाल । पागल हुनेछ चाल । गफडी पाउला बरू अवगाल । स्वार्थको छ यहाँ बडेमा पर्खाल ।

दुर्हाल ! दुर्हाल ! दुर्हाल

पेट्रोलको हाहा छ । डिजेलको हाहा छ । मट्टितलेको हाहा छ । महँगीको हाहा छ। अभाव र महँगीको भीषण वृद्धि छ । आयातको भरमा देश चलेको छ । ठुला- बडाको कारमा कुदाकुद छ, ग्वारग्वार छ । खर्चको भरमार छ, सेमिनार छ, गोष्ठी छ तातोछारो मरु, तर पनि राजनीतिको भरमार छ । दुर्हाल छ, तर पनि बताउँछन्- असल हाल छ।

पातमा पात ! बातमा बात !

गफडी लेखक हो । ऊ मुक्की खाएको वीर हो । अझ पनि ऊ नीलकण्ठ भई बाँचेको छ । मुक्का खानेको दुर्दशा र हेर्नेको तमासा देख्दा पातमा पात भए है बातमा बात गर्‍यो । गफडी यस स्वार्थमय संसारमा घिस्रिरहेछ, दुरवस्था हेरेर ऊ यहाँ अल्झिरहेको छ, यसैले केही मात्र दिग्दर्शन गरायो, आज थोरै । आगे फेरि ।

०००
युगज्ञान वर्ष ११, अङ्क १६,२०३६
‘गफडीका गफ’ (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
न–याँ

न–याँ

ईरानराई
अपाङ्ग-दिवस

अपाङ्ग-दिवस

केशवराज आमोदी
0
Would love your thoughts, please comment.x
()
x