रमेश समर्थनछाेराकाे विपना
त्यति बेला उसका चिप्ला र चिल्ला कुरामा हामी महमा कमिला लट्ठिएझैं लट्ठिनेछाैं तर त्यसले हाम्राे विश्वासमाथि सांघातिक हमला गर्नेछ र हामीलाई अधमराे बनाउने छ ।

(श्रद्धेय कवि गाेपालप्रसाद रिमालप्रति अनुग्रहित हुँदै ।)
“छाेरा, त्याे आउँछ र ?”
” हाे आमा, त्याे आउँछ ।
त्याे हरेक पाँच वर्षमा
र कहिले त पाँच वर्षमै दुई पटक आउँछ ।
त्याे बाेलीमा मह मिसिएकाे विष,
चालमा ब्वाँसाकाे स्वभाव र
अनुहारमा गाेहीका आँसु भरेर आउँछ ।
उसकाे हातमा हामी केही पर्चा, पम्प्लेट र
एउटा घाेषणापत्र नामकाे कागजकाे खाेस्टा देख्ने छाैं
त्यसैले उसले हामीलाई झुक्याउने छ ।”
“हाे र छाेरा ? त्याे आउँछ र ?”
“हाे आमा !
त्याे आश्वासन भएर आउने छ
हामी आशावादी भएर पछि लाग्ने छाैँ ।
त्याे आउँदा पहिले त हामी
जीवनमा सुख र समृद्धिकाे बहार नै ल्याउने हाे कि भनेर
विश्वास गर्नेछाैँ
तर त्याे दुर्गन्धित ताजा मानवमलभन्दा पनि दुर्गन्धित विचार लिएर आउने छ
त्यति बेला उसका चिप्ला र चिल्ला कुरामा हामी
महमा कमिला लट्ठिएझैं लट्ठिनेछाैं
तर त्यसले हाम्राे विश्वासमाथि सांघातिक हमला गर्नेछ र
हामीलाई अधमराे बनाउने छ ।”
“हाे र छाेरा ?”
“हाे आमा, म नयाँ युगकाे प्रतिनिधि भएर भन्न सक्छु
त्याे आउनेछ ।
मैले याे कुनै सपनाकाे कुरा गरेकाे हाेइन,
याे मेरा खुल्ला आँखाले देखेकाे विपना हाे,
विपना जुन घामजत्तिकै सत्य हुन्छ ।”
“आउने त्रासले मेराे मुटु काँपेकाे छ छाेरा
अब म उठें र गएँ त्यसकाे बाटाे छेक्न ।”
“तर त्यसले हामीलाई झुक्याउला भन्ने मेराे
मनभरि त्रासैत्रास छ ।”
०००
रूपन्देही
Subscribe
Login
0 Comments
Oldest







































