साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश कहाँ छ त ?

अब देशलाई देश हुन नदिनेले अवसानतर्फ धकेल्दैछन्, अनि त्यही खरानी धसेर समृद्धिको यात्रामा लाग्नेछन् एकादेशका मानिसहरू अनि देशलाई नरकको हवन कुण्डमा होमेर यी पण्डितहरुले भन्नेछन् ॐ स्वाहा .... ।

Nepal Telecom ad

विश्व विनोद :

अलिकति नागरितामा छ,
अलिकति नक्सामा छ
विदेशबाट फर्केका कफिनका बक्सामा छ
अलिकती पासपोर्टमा लेखिएको छ
मनमा छ
देश कहाँ छैन त ?
दलाल नेताको खोपडिमा
सुस्ताका झोपडिमा
ढिलासुस्ती गर्ने घुसखोर
सरकारी कर्मचारिको मगजमा
हामीले बोल्ने लवजमा
हो, अब देशलाई देश हुन नदिनेले
अवसानतर्फ धकेल्दैछन्,
मसानतर्फ धकेल्दैछन्
अनि बेच्नेछन अस्तु
अनि त्यही खरानी धसेर
समृद्धिको यात्रामा लाग्नेछन्
एकादेशका मानिसहरू
अनि देशलाई नरकको हवन कुण्डमा होमेर
यी पण्डितहरुले भन्नेछन्
ॐ स्वाहा …. ।

०००
लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x