साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलाकार टेकवीर मुखिया सहित चार स्रष्टा पुरस्कृत

केन्द्रले आफ्नो ११ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना गरेको विशेष साहित्यिक कार्यक्रममा वरिष्ठ कलाकार टेकवीर मुखियालाई २५ हजार राशीसहितको साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान अर्पण गरेको हो ।

Nepal Telecom ad

काठमाडौँ, २०८० मङ्सिर २५ । पठन संस्कृति प्रवर्द्धनका लागि कार्यरत संस्था बालवाङ्मय तथा अनुसन्धान केन्द्रले बालसाहित्यमा योगदान पुर्याएका चार स्रष्टालाई सम्मान तथा पुरस्कार समर्पण गरेको छ ।

केन्द्रले आफ्नो ११ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना गरेको विशेष साहित्यिक कार्यक्रममा वरिष्ठ कलाकार टेकवीर मुखियालाई २५ हजार राशीसहितको साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान अर्पण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि गीतकार, चलचित्र निर्देशक एवम् लेखक यादव खरेलले केन्द्रका तर्फबाट सम्मान अर्पण गरेका हुन् । यो सम्मान लेखक एवम् पत्रकार प्रमोद प्रधानले स्थापना गरेका हुन् ।
यसैगरी कलाकार के.के. कर्माचार्यबाट स्थापित के.के. बालवाङ्मय कला साधना सम्मान युवा कलाकार कृष्णगोपाल श्रेष्ठलाई प्रदान गरिएको छ । सम्मानमा १० हजार नगदसहित सम्मानपत्र रहेको छ ।

यसैगरी स्रष्टा रामकुमार पाँडेद्वारा स्थापित २० वर्षमुनिका लेखकका पुस्तकमध्येबाट उत्कृष्टलाई प्रदान गरिने राकुपा बालवाङ्मय पुरस्कार कक्षा ८ की छात्रा सोइना दाहालको कथासङ्ग्रह ‘कथाको खोजी’ का लागि प्रदान गरिएको छ ।

लेखक सिर्जना शर्माद्वारा स्थापित जयहिरा बालवाङ्मय किशोर साहित्य पुरस्कार भने ‘तनुजा’ किशोरलक्ष्यित कथासङ्ग्रहका लागि डा.जानुका पौडेल नेपाललाई प्रदान गरिएको छ । दुवै पुस्तक २०७९ सालका उत्कृष्ट पुस्तकका रूपमा चयन भएका हुन् भने दुवैमा १०÷१० हजार नगदसहित प्रशंसा पत्र रहेको छ ।

पुरस्कार तथा सम्मान समर्पण गर्दै प्रमुख अतिथि खरेलले उपयुक्त पात्र चयनले ती सम्मान तथा पुरस्कारबाट पुरस्कार प्रदान गर्ने संस्था आफैं पुरस्कृत भएको बताउनु भयो ।

कार्यक्रममा कलाकार के.के. कर्माचार्यले सम्मानित कलाकारद्वय मुखिया र श्रेष्ठको व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो भने प्रा. तारानिधि भट्टराईले पुरस्कृत पुस्तकहरूबारे चर्चा गर्नु भएको थियो । समारोहमा लेखक प्रमोद प्रधान, कलाकार कृष्णगोपालश्रेष्ठ, पुरस्कृत कृतिका कृतिकारद्वय सोइना दाहाल तथा डा. जानुका पौडेल नेपालले पनि आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

केन्द्रका अध्यक्ष अनन्त वाग्लेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन महासचिव शान्ति सापकोटाले गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x