सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बोकाहरू भुके रे !

कुकुरहरू कृषकको पसिनामा कालो बजारी गर्न पल्किएका तरकारी माफिया जस्ता भए रे ! कुकुरहरू काण्डमा फसाइए रे ! कुकुरले भुक्न छोडेपछि ।

Nepal Telecom ad

नारायण भट्टराई :

मालिक मालिक्नीलाई चाटेकै भरमा
मिठो खान पाइने भएपछि
न्यानोमा सुत्न पाइने भएपछि
जुठो र बासी खानै नपर्ने भएपछि
सुरक्षा दिने काममा भन्दा
मालिक्नीको चाकडीमा
बढी समय बिताउनु परेपछि
आची भुइँमा झर्न नपाउँदै
मालिकले नै थाप्ने गरेपछि
कुकुरहरूले कुकुरको धर्म बिर्सिए रे !
मान्छेले बिछ्याएको मोह जालमा फसेर
कुकुरहरू कुकुर रहेनन् रे
कुकुरहरू नेताका खेताला जस्ता भए रे !
कुकुरहरू कमिसन लिएर काम नगर्ने ठेकेदार जस्ता भए रे !
कुकुरहरू घुस खान पल्किएका कर्मचारी जस्ता भए रे !
कुकुरहरू कृषकको पसिनामा
कालो बजारी गर्न पल्किएका
तरकारी माफिया जस्ता भए रे !
कुकुरहरू काण्डमा फसाइए रे !
कुकुरले भुक्न छोडेपछि
कुकुरले टोक्न छोडेपछि
पुच्छर लुकाएर लुसुक्क
मालिक मालिक्नीका टाङमुनि छिरेपछि
आफ्नो पहिचानबाट गिरेपछि
गाउँ घरमा विसङ्गति मौलायो रे !
एक दिन स्यालहरू गाउँमा शिकार गर्न आए रे !
कुकुरहरू लुके रे
बोकाहरू भुके रे !

०००
हाल अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आओ लाइक ठोकौँ !

आओ लाइक ठोकौँ !

नारायण भट्टराई
फेरिँदै जानु भा छ रिटायर बा

फेरिँदै जानु भा छ...

नारायण भट्टराई
यस्तै छ हजुर यहाँको चलन

यस्तै छ हजुर यहाँको...

नारायण भट्टराई
तीन ठोक्तक

तीन ठोक्तक

नारायण भट्टराई
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने
फेरि बधाईं

फेरि बधाईं

हेम अधिकारी
नेताज्यूको क्रान्ति र मुड्के सलाम

नेताज्यूको क्रान्ति र मुड्के...

सुभाषचन्द्र देवकाेटा
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
विश्व खवर

विश्व खवर

विष्णुहरि पाैडेल