साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोकाहरू भुके रे !

कुकुरहरू कृषकको पसिनामा कालो बजारी गर्न पल्किएका तरकारी माफिया जस्ता भए रे ! कुकुरहरू काण्डमा फसाइए रे ! कुकुरले भुक्न छोडेपछि ।

Nepal Telecom ad

नारायण भट्टराई :

मालिक मालिक्नीलाई चाटेकै भरमा
मिठो खान पाइने भएपछि
न्यानोमा सुत्न पाइने भएपछि
जुठो र बासी खानै नपर्ने भएपछि
सुरक्षा दिने काममा भन्दा
मालिक्नीको चाकडीमा
बढी समय बिताउनु परेपछि
आची भुइँमा झर्न नपाउँदै
मालिकले नै थाप्ने गरेपछि
कुकुरहरूले कुकुरको धर्म बिर्सिए रे !
मान्छेले बिछ्याएको मोह जालमा फसेर
कुकुरहरू कुकुर रहेनन् रे
कुकुरहरू नेताका खेताला जस्ता भए रे !
कुकुरहरू कमिसन लिएर काम नगर्ने ठेकेदार जस्ता भए रे !
कुकुरहरू घुस खान पल्किएका कर्मचारी जस्ता भए रे !
कुकुरहरू कृषकको पसिनामा
कालो बजारी गर्न पल्किएका
तरकारी माफिया जस्ता भए रे !
कुकुरहरू काण्डमा फसाइए रे !
कुकुरले भुक्न छोडेपछि
कुकुरले टोक्न छोडेपछि
पुच्छर लुकाएर लुसुक्क
मालिक मालिक्नीका टाङमुनि छिरेपछि
आफ्नो पहिचानबाट गिरेपछि
गाउँ घरमा विसङ्गति मौलायो रे !
एक दिन स्यालहरू गाउँमा शिकार गर्न आए रे !
कुकुरहरू लुके रे
बोकाहरू भुके रे !

०००
हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x