सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आफू अनुसारकै रह्यो गत वर्ष

भ्रष्ट नेताले अपराधीलाई बोक्न छोडेनन् ठग मालीहरूले सरकारी बगैँचा कहिलै गोडेनन् धोकेबाजहरूले आफ्नो धर्म कहिलै छोडेनन् अपराधीहरूले अन्याय गर्न छोडेनन् लाटा सोझाहरू ठगीको सिकार भइरहे टाठा बाठाहरू सत्ताको नजिक गइरहे ।

Nepal Telecom ad

नारायण भट्टराई :

चोर्नेहरूले चोर्न छोडेनन्
ढाँट्नेहरूले झुटो बोल्न छोडेनन्
काइतेहरूले कपट छोडेनन्
फुफुको सराद खान पल्किएकाहरूले डकार्न छोडेनन्
बैमानहरूले इमानीहरूलाई पछार्न छोडेनन्
चाकडी गर्नेले सत्ताको भक्ति छोडेनन्
शक्तिमा हुनेले कुर्सीको मोह छोडेनन्
ठूलो बन्दुक हुनेले निर्धालाई ठोक्न छोडेनन्
भुस्याहाहरूले सग्लाहरूलाई टोक्न छोडेनन्
भ्रष्ट नेताले अपराधीलाई बोक्न छोडेनन्
ठग मालीहरूले सरकारी बगैँचा कहिलै गोडेनन्
धोकेबाजहरूले आफ्नो धर्म कहिलै छोडेनन्
अपराधीहरूले अन्याय गर्न छोडेनन्
लाटा सोझाहरू ठगीको सिकार भइरहे
टाठा बाठाहरू सत्ताको नजिक गइरहे
हुँदा खानेहरू दुखको खाडलबाट निस्कने
दिन गन्दै औँला भाँचिरहे ।

हुने खानेहरू अहंको आँगनमा नाचिरहे
संसारलाई काँडा देख्नेहरू
अविश्वासको काँडाले घोचेर रोइरहे
संसारलाई फूल देख्नेहरू
माया र विश्वासको माला पहिरिएर हाँसिरहे ।
आफू आफू अनुसारकै रह्यो गत वर्ष

०००
हाल अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आओ लाइक ठोकौँ !

आओ लाइक ठोकौँ !

नारायण भट्टराई
फेरिँदै जानु भा छ रिटायर बा

फेरिँदै जानु भा छ...

नारायण भट्टराई
यस्तै छ हजुर यहाँको चलन

यस्तै छ हजुर यहाँको...

नारायण भट्टराई
तीन ठोक्तक

तीन ठोक्तक

नारायण भट्टराई
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’