साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफू अनुसारकै रह्यो गत वर्ष

भ्रष्ट नेताले अपराधीलाई बोक्न छोडेनन् ठग मालीहरूले सरकारी बगैँचा कहिलै गोडेनन् धोकेबाजहरूले आफ्नो धर्म कहिलै छोडेनन् अपराधीहरूले अन्याय गर्न छोडेनन् लाटा सोझाहरू ठगीको सिकार भइरहे टाठा बाठाहरू सत्ताको नजिक गइरहे ।

Nepal Telecom ad

नारायण भट्टराई :

चोर्नेहरूले चोर्न छोडेनन्
ढाँट्नेहरूले झुटो बोल्न छोडेनन्
काइतेहरूले कपट छोडेनन्
फुफुको सराद खान पल्किएकाहरूले डकार्न छोडेनन्
बैमानहरूले इमानीहरूलाई पछार्न छोडेनन्
चाकडी गर्नेले सत्ताको भक्ति छोडेनन्
शक्तिमा हुनेले कुर्सीको मोह छोडेनन्
ठूलो बन्दुक हुनेले निर्धालाई ठोक्न छोडेनन्
भुस्याहाहरूले सग्लाहरूलाई टोक्न छोडेनन्
भ्रष्ट नेताले अपराधीलाई बोक्न छोडेनन्
ठग मालीहरूले सरकारी बगैँचा कहिलै गोडेनन्
धोकेबाजहरूले आफ्नो धर्म कहिलै छोडेनन्
अपराधीहरूले अन्याय गर्न छोडेनन्
लाटा सोझाहरू ठगीको सिकार भइरहे
टाठा बाठाहरू सत्ताको नजिक गइरहे
हुँदा खानेहरू दुखको खाडलबाट निस्कने
दिन गन्दै औँला भाँचिरहे ।

हुने खानेहरू अहंको आँगनमा नाचिरहे
संसारलाई काँडा देख्नेहरू
अविश्वासको काँडाले घोचेर रोइरहे
संसारलाई फूल देख्नेहरू
माया र विश्वासको माला पहिरिएर हाँसिरहे ।
आफू आफू अनुसारकै रह्यो गत वर्ष

०००
हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x