साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफैलाई लाज लाग्छ कि ?

त्यस्तो संविधान होस् जसमा देशको प्रधानमन्त्री जनताप्रति उत्तरदायी होओस् । ऊ घुस खान पाउँदै नपाउने होस् । खायो भने उसलाई संविधानले टाउकोमा डण्डी ड्याङड्याङ हानोस् ।

Nepal Telecom ad

मुक्तिनाथ शर्मा :

भोटाहिटी, असन, इन्द्रचोक, धर्मपथ हुँदै भद्रकाली पुग्न पुग्न लाग्दा झमक्क साँझ परेछ । देशमा सङ्कटकाल लागेको भएर होला, त्यतातिर सुनसान थियो । सडक निर्जन भइसकेको थियो । सायद त्यतिबेला कफ्र्यु पो थियो कि, आफू भने जसरी तसरी घर पुग्नुपर्ने थियो । तसर्थ यताउति हेर्दै भित्रभित्र डराएर कायल कायल भएको भए पनि बाहिर नडराएजस्तो देखिने प्रयत्न गर्दै भद्रकालीको मन्दिरबाट पश्चिमपट्टि के पुगेको थिएँ, उताबाट झर्केर मेरो नाम काड्दै बोलाएको आवाज आयो । यताउति हेरेँ, कतै कोही देखिन ।

झन् डराएर अगाडि बढेँ । मन्दिरमा प्रवेश गर्न पहिलो सिँढीमा जब टेकेँ तब फेरि उस्तै आवाज आयो । टक्क उभिएर चारैतिर हेरेँ कोही देखिएन । आफैलाई भ्रमजस्तो लागेर आँखा पुछपाछ पारेर अर्को सिँढीमा टेकेँ । यत्तिकैमा फेरि पूर्ववत् आवाज आयो । यस पटक त पश्चिमतिर हेर्दा देखेँ- एउटा मानव आकृति मतिरै आइरहेको छ । मनमा नानाभाँती शङ्का उपशङ्का आउन थाले । कहिले त्यो आकृतिलाई माओवादी सम्झन पुगेँ, कहिले खाओवादी, कहिले पुलिस हो कि जस्तो लाग्छ त उतिखेरै अरु लुटेरा सम्झन पुग्छु । मानव आकृति मेरो नजिक हुँदै आयो र मलाई भन्यो- ‘तिमी लेखक होइनौ ।’

यस्तो बेलामा ढाँट्न हुन्न भनेर ठूलाबाले दिएको अर्ति झलक्क याद आयो । भनेँ- ‘हो लेख्न त लेख्छु ।’

एउटा स्तम्भकार नै होउ क्यारे आकृतिले भन्यो । म भने उसको मुख त के आकृतिसम्म पनि हेर्न नसक्ने भइसकेको थिए । तसर्थ स्वीकृतिसूचक भाव देखाएँ । यसपछि आकृतिले भन्यो- खुब कमाएका छौ धन हैन ?

मलाई किन हो कुन्नि अलिकति हिम्मत बढेर आयो । भनेँ- ती साप्ताहिक पत्रिकामा छापिएका लेखको एक पैसा पारिश्रमिक पाएको छैन प्रभु । मेरो कुरा सुनेर आकृति फेरि बोल्यो । भन्यो- कत्ति पाएका छैनौ ? मैले भनेँ- सतोसत्त धरोधर्म एकपैसा पनि पाएको छैन । पारिश्रमिकको ‘पा’ मात्रै भन्दैमा सम्पादक भनिहाल्छन्- पत्रिका चलाउन नसकिने भयो । तसर्थ म भन्दै भन्दिनँ ।

लौ भैगो, तिमी सित्तैमा अर्काको भारी बोक्ने भरिया रहेछौ । एउटा नयाँ संविधानको मस्यौदा लेख आकृतिको भनाइ रह्यो । म संविधानविद् त होइन तैपनि आज्ञा शिरोपर गर्छु । सबैभन्दा पहिले हजुरको परिचय, अनि लेख्न पर्ने संविधानको मैन्डेट पाऊँ- मैले भनेँ ।

आफ्नो परिचय दिने क्रममा आकृतिले भन्यो- म यहाँको शहीद हूँ । संविधान कस्तो लेख्ने भन्ने सम्बन्धमा आकृतिले बोल्यो- त्यस्तो संविधान होस् जसमा देशको प्रधानमन्त्री जनताप्रति उत्तरदायी होओस् । ऊ घुस खान पाउँदै नपाउने होस् । खायो भने उसलाई संविधानले टाउकोमा डण्डी ड्याङड्याङ हानोस् । कुर्ची तलबाट अरिङ्गाल हुलका हुल आएर टोकून् । भाग्न खोज्यो भने बाटोरि तिखा सुली भएर पैँतालामै गाडिन पुगोस् । अनि मन्त्रीहरू कहीँ गएर पखाल नाघेर पसी झ्यालबाट फुत्त छिरेर कुन्नि के गर्न पाउँदै नपाऊन् । घुस खाएर कमाएको पैसा लाखौ लाख जुवामा होम्न नपाऊन् । कमाएको सम्पत्ति विदेशी बैङ्कमा थुपार्न नपाऊन् । फेरि बेला न कुबेला सङ्कटकाल लागू गरेर जनतालाई अन्योलमा पार्न नपाऊन् । लौ यस्तो संविधान लेख ।

यो कुरा सुनेर मलाई भित्रैदेखि हाँसो उठेर आयो । सकिनसकी दबाएको थिएँ तर आकृतिले थाहा पाएछ । भन्यो- नहाँस बरू लेखिहाल । नसक्ने भए सक्दिनँ भन ।

मैले भनेँ- लेख्न त सक्छु प्रभु तर जस्तो लेखे पनि नेता न ठहरे, संविधानलाई नै धोती लगाई दिन्छन् ।

मेरो कुरा सुनेर त्यो मानवाकृति साह्रै नराम्रोसँग रिसायो । म पनि थरथर कामेँ डरले । यस्तैमा आकृतिले भन्यो- त्यसो हो भने ती सबै नेतालाई नङ्ग्याऊ, निर्वस्त्र पार । धोतीसम्म पनि लाउन नदेऊ ।

आकृतिको त्यो आदेश भएपछि मलाई लाज लागेर आयो । त्यतिका नाङ्गा कसरी हेर्ने भनेर, बिन्ति बिसाउँदै भनेँ- प्रभु त्यसो गर्दा मै लाजले भुतुक्क हुन्छु कि ?

केही पनि जवाफ आएन । यसो शिर उठाएर हेरेको त मानवाकृति नै छैन । तब ढुक्क भएर भनेँ- बाबा पार पाइयो । यति कुरो त मुखबाटै निस्केछ । झल्याँस्स बिउँझेको श्रीमतीजीले भनिन्- आ कति बर्बराउनु पर्‍या होला ? यी बुढालाइ पनि… ।

०००

वानेश्वर, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x