डा. शरद परासर मरहट्टाआलु
मुल्य नै छैन यो आलु कस्तो किन्नेमान्छे भन्छ दिनुस् हजुर सस्तो । कृषक भन्छ फलाउन गारो छ सस्तो दिन्न आलु उत्पादकले कम विचौलियाले बढि नाफा खाने आलु ।

रमेश ढुङ्गेल :
हरेक तरकारीमा मिल्ने आलु,
अचार पनि आलु, दाल पनि आलु
पोल्दा नि आलु, उसिन्दा नि आलु
मस्यौरा नि आलु, तितौरा नि आलु
भुजिया नि आलु, चिप्स पनि आलु
चपमा नि आलु, दममा नि आलु
खाजामानि आलु, खानामा नि आलु
घरमानि आलु, खेत बारीमा नि आलु
काजभोजमा आलु, भान्सामा आलु
हेर्नलाई आलु, तारेर खानलाई आलु,
अब त हुन थाल्यो महोत्सव नि आलु
चोखो तरकारीको रुपमा मानिन्छ आलु
चढाउँदा नि आलु, कोरा बस्दा नि खान मिल्ने आलु
तिमीलाई कसरी सम्मान गरौँ ए आलु ।
विचरा आलु
कहिले चाउरिनु पर्ने,
कहिले पोलिनु पर्ने, कहिले काटिनु पर्ने
कहिले नाङ्गेझार भइदिनु पर्ने, कहिले भकभक उम्लेको पानीमासँगै उम्लिदिनुपर्ने
कैले टुसा पलाएर बसिदिनु पर्ने, कहिले बीउको रुपमा काम गरिदिनुपर्ने
कहिले बोरामा खाँदिएर उचालपछार हुँदा पनि रमाएर बसिदिनुपर्ने
निसास्सिएर १/२ वटा कुहिँदा बोरामा भएका सबै आलुले गाली खानुपर्ने
कहिले उम्रिदिनु पर्ने कहिले फलिदिनुपर्ने, जम्मैलाई पाल्नुपर्ने ठेक्कै जस्तो ।
कठैबरी,
किन्नेलाई के था
आलु उत्पादन गर्दाको व्यथा ।
खेत खन्नु पर्ने, मल हाल्नु पर्ने, बुक पोल्नु पर्ने
ड्याङ तान्नु पर्ने, फेरि मल हाल्नु पर्ने
टुसा नभाँचिने गरी रोप्नु पर्ने
अनि माटो र सेउलाले छोपिनु पर्ने,
उम्रनासाथ छोपेको सेउला निकाल्नु पर्ने
पानी हाल्नु पर्ने, झार गोड्नु पर्ने
राम्रो उत्पादन गर्न नसके धिक्कार्नु पर्ने ।
यति गर्दा पनि
मूल्य नै छैन यो आलु कस्तो
किन्नेमान्छे भन्छ दिनुस् हजुर सस्तो ।
कृषक भन्छ फलाउन गारो छ सस्तो दिन्न आलु
उत्पादकले कम विचौलियाले बढि नाफा खाने आलु
आलु जस्तै नेता भइदिए हाम्रा, विकास हुन्थ्यो देश, बन्थे जिल्ला राम्रा
के गर्नु हजुर गरिब देश पर्यो, रोजगारीका लागि सधैँ विदेश झर्यो
सबैसँग मिल्ने एक्लै नि रम्ने, सबैले भन्छन् कति राम्रो आलु
चिडियाखाना पुग्दा जिस्काइँछ भालु, सबैको रोजाई त्यो प्यारो आलु ।
०००
रामेछाप
Subscribe
Login
0 Comments
Oldest






































