साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका मानिस पूज्य छन्

थोरै मानिस कर्मवीर युगले जन्माउने गर्दछ जस्ले पार्दछ देशकै शिर उँचो आदर्शले भर्दछ यस्ता मानिसको सधैँ मुलुकमा चर्चा बढाऊँ अब पाका मानिस पूज्य छन् मुलुकमा फैलाउने गौरव॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

आमातुल्य पुजेर राख्छ जसले नेपालको यो शिर
ठानी देश विशाल विश्वभरिको सर्वोच्च नै मन्दिर
आफैँ छाउँछ कीर्ति कर्मपथको योद्धा बनी केवल
पाका मानिस पूज्य छन् मुलुकमा फैलाउने गौरव॥१

जो गर्दैन प्रलोभ लेश धनमा होमिन्छ कर्तव्यमा
ऊर्जा भर्छ समाजमा र जनमा लागेर सङ्धर्षमा
राखी निर्मल लक्ष बढ्छ भवमा भै बुद्धजस्तै जब
पाका मानिस पूज्य छन् मुलुकमा फैलाउने गौरव॥२

सच्चा कर्मठकै खुला हृदयले सम्मान गर्छन् सब
श्रद्धा धेर जगाउँछन् हृदयमा गर्छन् प्रशंसा तब
मान्छन् राम र कृष्ण बुद्धसरिका सम्मानका सौरभ
पाका मानिस पूज्य छन् मुलुकमा फैलाउने गौरव॥३

थोरै मानिस कर्मवीर युगले जन्माउने गर्दछ
जस्ले पार्दछ देशकै शिर उँचो आदर्शले भर्दछ
यस्ता मानिसको सधैँ मुलुकमा चर्चा बढाऊँ अब
पाका मानिस पूज्य छन् मुलुकमा फैलाउने गौरव॥४

पाई दिव्य प्रकाश वीर जनकै चम्किन्छ माटो अनि
निन्द्राबाट जुरुक्क उठ्छ सहजै लम्किन्छ लाटो पनि
आफैँ कृष्ण समान सारथि बनी उभ्भिन्छ मान्छे जब
पाका मानिस पूज्य छन् मुलुकमा फैलाउने गौरव॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

अनन्तकुमार बस्नेत
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x