सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

माला

नेता मुस्कुराउँदै भन्छन्- “राजनीतिक कम्पनी भनेको सोझासाझाबाट चल्ने कम्पनी हैन । हामीलाई जनता ढाट्न, लुट्न, धुत्न थुत्न, झुटो आश्वासन बाँड्न यस्तै गुण्डाको खाँचो हुन्छ ।”

Nepal Telecom ad

अन्जु शर्मा :

कसैले कालो मोसो दले । कसैले जुत्ताको माला लगाइदिए । लाठी र ढुङ्गा वर्षाए । ऊ मुस्किलले भिडबाट भाग्न सफल भयो । भीड बोल्दै थियोे “यो बलात्कारी हो । यसले बैङ्क लुटेर भागेको थियो । यो युवा बेच्ने दलाल हो । यो तस्कर हो ।”

भीडको दृश्य र कुरा सुनिरहेका एक भलाद्मीले मनमनै सोचे यस्तो साहसी मान्छे मेरो कम्पनीमा काम लाग्छ । उनले भोलिपल्ट कुटाइ खाने व्यक्तिलाई भेटेर अस्पतालमा भर्ना गराए । अनि आफ्नो पत्रकारलाई लेख्न लगाए “राजनीतिक विवादमा कार्यकर्ता घाइते हुँदा नेताद्वारा निरिक्षण ।”

त्यसको केही दिनमा नेताले उक्त व्यक्तिलाई राजनैतिक नियुक्ति गरे । यो देखेर अचम्म पर्दै श्रीमतीले सोधिन् -“हैन यस्तो फटाहा मान्छेलाई किन यति ठूलो पदमा राख्नुहुन्छ ?”

नेता मुस्कुराउँदै भन्छन्- “राजनीतिक कम्पनी भनेको सोझासाझाबाट चल्ने कम्पनी हैन । हामीलाई जनता ढाट्न, लुट्न, धुत्न थुत्न, झुटो आश्वासन बाँड्न यस्तै गुण्डाको खाँचो हुन्छ ।”

नियुक्तिको घोषणा सुन्ने बित्तिकै तिनै जनता फूलको माला लिएर पहिराउन पुगे ।

०००
रातोपुल, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वार्ता

वार्ता

अन्जु शर्मा
मृत कानुन

मृत कानुन

अन्जु शर्मा
अपजसे खाना

अपजसे खाना

अन्जु शर्मा
तीतो यथार्थ

तीतो यथार्थ

अन्जु शर्मा
सालिक

सालिक

अन्जु शर्मा
गल्ती

गल्ती

अन्जु शर्मा
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा