साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माला

नेता मुस्कुराउँदै भन्छन्- “राजनीतिक कम्पनी भनेको सोझासाझाबाट चल्ने कम्पनी हैन । हामीलाई जनता ढाट्न, लुट्न, धुत्न थुत्न, झुटो आश्वासन बाँड्न यस्तै गुण्डाको खाँचो हुन्छ ।”

Nepal Telecom ad

अन्जु शर्मा :

कसैले कालो मोसो दले । कसैले जुत्ताको माला लगाइदिए । लाठी र ढुङ्गा वर्षाए । ऊ मुस्किलले भिडबाट भाग्न सफल भयो । भीड बोल्दै थियोे “यो बलात्कारी हो । यसले बैङ्क लुटेर भागेको थियो । यो युवा बेच्ने दलाल हो । यो तस्कर हो ।”

भीडको दृश्य र कुरा सुनिरहेका एक भलाद्मीले मनमनै सोचे यस्तो साहसी मान्छे मेरो कम्पनीमा काम लाग्छ । उनले भोलिपल्ट कुटाइ खाने व्यक्तिलाई भेटेर अस्पतालमा भर्ना गराए । अनि आफ्नो पत्रकारलाई लेख्न लगाए “राजनीतिक विवादमा कार्यकर्ता घाइते हुँदा नेताद्वारा निरिक्षण ।”

त्यसको केही दिनमा नेताले उक्त व्यक्तिलाई राजनैतिक नियुक्ति गरे । यो देखेर अचम्म पर्दै श्रीमतीले सोधिन् -“हैन यस्तो फटाहा मान्छेलाई किन यति ठूलो पदमा राख्नुहुन्छ ?”

नेता मुस्कुराउँदै भन्छन्- “राजनीतिक कम्पनी भनेको सोझासाझाबाट चल्ने कम्पनी हैन । हामीलाई जनता ढाट्न, लुट्न, धुत्न थुत्न, झुटो आश्वासन बाँड्न यस्तै गुण्डाको खाँचो हुन्छ ।”

नियुक्तिको घोषणा सुन्ने बित्तिकै तिनै जनता फूलको माला लिएर पहिराउन पुगे ।

०००
रातोपुल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x