साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश बन्ला खरानी !

नाच्छौ क्यारे कठपुतली झैँ बाहिरै छन् रिमोट ! लत्तो छोडी ढलफल गरी पाउमा जाउ लोट !! भेटिँदैनन् मुलुकभरमै वीरताका निशानी! यै पाराले अब निकटमै देश बन्ला खरानी ॥

Nepal Telecom ad

काशीनाथ मिश्रित :

बोका भेँडा कुन पशु भनौँ थाप्छ घिँच्रो नजानी !!
मान्छे यस्तो पशु किन भयो थाप्छ रे जानी जानी !
हान्ने गर्छन् परजनहरू मर्ममा छानि छानी
यस्तै चाला अझ रहिरहे देश बन्ला खरानी ॥

ताकेका छन् रिपुगणहरू अस्त्र नौलो चलाई !
हान्दा दुख्थ्यो रमरम बरू दुख्छ ताक्दा मलाई !
बस्ने वातावरण नहुनेदेशमा योग्य ज्ञानी
यस्तै चाला अझ रहिरहे देश बन्ला खरानी !

आमालाई धुरुधुरु रुने बाध्यतामा धकेली
हाँस्नू आफू कति उचित हो ? भैरहेछिन् अकेली !
छोराछोरी पर पर भए छातिमा लात हानी !
रित्ता गाउँ अझ बढिरहे देश बन्ला खरानी !

मोती फल्ने जमिन जसमा कङ्क्रिटे बोट उम्रे !
बाँझा जग्गाहरु बरबरी आँसु पो झार्दछन् रे !
अग्ला अग्ला गिरि शिखरका भित्र छन् रत्न खानी
खोस्री खन्ने जनबल गुम्यो देश बन्ला खरानी ।

खोक्रो आस्था कति दिन टिकोस् छैन विश्वास केही
ढाँट्ने छल्ने तिगडम उनै सुध्रिने हैन कोही !
बन्छौ लज्जारहित अनि के नाकले स्वाभिमानी?
भ्रष्टाचारीहरु बढिरहे देश बन्ला खरानी ।।

नाच्छौ क्यारे कठपुतली झैँ बाहिरै छन् रिमोट !
लत्तो छोडी ढलफल गरी पाउमा जाउ लोट !!
भेटिँदैनन् मुलुकभरमै वीरताका निशानी !
यै पाराले अब निकटमै देश बन्ला खरानी ॥

०००
गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x