साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (२८)

यता बाटो बढाएर उता चाहिँ लडाउँला शीप केही नलागेमा ओठ जिब्रो चलाउला । झुठो बोल्न नमान्ने हो लाजसर्म तथा डर यसो गर्‍यो भने मात्रै बन्छ नेपाल सुन्दर ।

Nepal Telecom ad

डिल्लीप्रसाद मुलतिहुन :

इच्छा छ देशमा धेरै राजधानी बनाउने
राजैराजा बनाएर विश्व सामु चिनाउने (३३१)

यसरी देशको नाम जाऔ फिँजाउँदै पर
यसो गर्‍यो भनेमात्र बन्छ नेपाल सुन्दर (३३२)

राजधानी बनाएर राजा छान्नु छ गाउँमा
सोझाका पसिना जम्मा राजाकै हुन्छ नाउँमा (३३३)

राज्यमा योजना यस्तै बनाउन छु तत्पर
यसो गर्‍यो भनेमात्र बन्छ नेपाल सुन्दर (३३४)

देशलाई सकेसम्म परदेश गराउने
परदेश गराएर राजाहरू चराउने (३३५)

केकेन गरियो भन्दै हल्ला फिँजाउँला पर
यसो गर्‍यो भनेमात्र बन्छ नेपाल सुन्दर (३३६)

धरोधर्म कुरा ज्यादै गर्नेछु अधिकारका
मेरा भाषणमा राम्रा योजना छन् सुधारका (३३७)

सबै आऊ कुरा सुन्न मेरो विश्वासमा पर
यसो गर्‍यो भनेमात्र बन्छ नेपाल सुन्दर (३३८)

नगर्ने कामको चर्चा गर्न मैहुँ रुचाउने
गर्नै पर्ने कुरा चाहिँ गोप्य राख्ने लुकाउने (३३९)

कामको थालनी गर्दै सक्दो बढाउँला कर
यसो गर्‍यो भनेमात्र बन्छ नेपाल सुन्दर (३४०)

गर्ने गर्छु दिनैपिच्छे तेल दलेर गन्थन
बाचा चुनावको हो यो जितेर थाल्छु बिर्सन (३४१)

म जस्ता बात मार्नेनै मान्छे जिताउने गर
यसो गर्‍यो भने मात्रै बन्छ नेपाल सुन्दर (३४२)

यता बाटो बढाएर उता चाहिँ लडाउँला
शीप केही नलागेमा ओठ जिब्रो चलाउला (३४३)

झुठो बोल्न नमान्ने हो लाजसर्म तथा डर
यसो गर्‍यो भने मात्रै बन्छ नेपाल सुन्दर (३४४)

यति मात्रै भनेँ आज मेरो विश्वासमा पर
यसो गर्‍यो भनेमात्र बन्छ नेपाल सुन्दर (३४५)
क्रमशः

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x