साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोयाको घर

साँझमा सूर्य देख्दैमा विहानी हुन्न त्यो श्रण बारुले मह काड्दैमा माहुरी हुन्न लक्षण ।। सत्ताको जग सत्तामै बस्दा अक्सर लड्दछ खोयाको घर आगोको झिल्काले पनि डढ्दछ ।।

Nepal Telecom ad

नदी भट्टराई :

स्वरूप होइनन् मित्र ! चित्त चैतन्य मुख्य हुन्
स्वार्थले पोतिए आस्था स्वाभिमान धराप छन् ।।१।।

नपढी राज्यको नीति बुझिन्न सिर्जना कुनै
नहेरी रङ माटाको चिनिन्न उर्वरा कुनै ।।२।।

उम्दा उत्तम वा विद्वान् प्राज्ञले अर्थ बोक्दछ
राजनीति पसे प्राज्ञ कखराभित्र मर्दछ ।।३।।

व्यापार मतको गर्ने होइनन् राष्ट्रका छवि
नेतृत्व यसमा हुन्न यी हुन् कायर काँचुली ।।४।।

अवश्यै देश सङ्लन्छ के भो र ? रङ छर्किए
सत्यले सत्य छाड्दैनन् पित्तलै सुनको भए ।।५।।

साँझमा सूर्य देख्दैमा विहानी हुन्न त्यो श्रण
बारुले मह काड्दैमा माहुरी हुन्न लक्षण ।।६।।

सत्ताको जग सत्तामै बस्दा अक्सर लड्दछ
खोयाको घर आगोको झिल्काले पनि डढ्दछ ।।७।।

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x