साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अमेरिका मोह

ठूलो देश इसाइको मुलुक त्यो जाडो र गर्मी अति । एसी छैन भने मरिन्छ छिनमै बेकारको सम्पति । पार्छन् स्वाङ अनेक आधुनिकता देखाउने होड छ । फोस्रो भौतिकवादतर्फ छ ढिपी, अध्यात्म नै लोप छ ।

Nepal Telecom ad

विष्णुहरि पौडेल  :

ठूलो क्षार प्रशान्त सागर तरी पुग्ने महादेश छ ।
सातो जान्छ उचाइमा हुइँकिँदा के खास उद्देश्य छ ?
निद्रा टर्दछ जेट ल्याग सहँदा अत्यास यात्रा पल ।
मान्छे ताक्छ अमेरिका किन अहो बिर्सेर जन्मस्थल ?।१।

के आकर्षण भेट्छ मानिस त्यहाँ फर्किन्न ओर्लेपछि ।
घण्टे जागिर खानुपर्छ नपढे जोगिन्न क्यै सम्पत्ति ।
स्वप्ना देख्छ सदैव नागरिकता फुत्काउने दाउ छ ।
नेपाली पहिचान नै डलरमा साट्ने कुरा आउँछ ।२।

बाँझो देश अमेरिका अघि थियो बाँझै छ ऐले पनि ।
लामो क्यै इतिहास छैन यसको सस्तो र निस्तो जुनी ।
बासी खानु छ छैन फुर्सद त्यहाँ मान्छे हुने मेसिन ।
किस्तामा घर, कार किन्छ त्यसमै भासिन्छ राती दिन ।३।

भान्सामा परिवार भेट नहुने पर्ने सधैँ एक्लिन ।
श्रीमान्ले पनि श्रीमतीसित सँगै बस्ने नजुर्ने दिन ।
हुर्काएपछि छुट्टिई पर हुने छोरा र छोरी पनि ।
आफन्तीपन पाइँदैन, छ फिका मुग्लानको जीवनी ।४।

कैले खानु र दाल भात, निउरो गिठ्टा, टुसा, चम्सुर।
अण्डा दूध र पाउरोटि कुखुरा खान्की छ यै मञ्जुर।
मीठो तिख्खर स्वादिलो चिज कुनै भेटिन्न,छन् बैगुन।
छोटो पैह्रनमा छ दङ्ग दुनिया छल्किन्छ गोरे धुन।५।

फेला पर्छ इमानदार नहुने भोग्छन् कडा कानुन ।
गोली चल्छ अतीव दुर्व्यसन चन् सामाजिकी बैगुन ।
घट्छन् दुर्घटना निकै सडकमा, आँधी हुरी त्रासदी ।
भित्री द्वन्द्व र रंगभेद छ अझै त्यो देशमा सम्प्रति ।६।

ठूलो देश इसाइको मुलुक त्यो जाडो र गर्मी अति ।
एसी छैन भने मरिन्छ छिनमै बेकारको सम्पति ।
पार्छन् स्वाङ अनेक आधुनिकता देखाउने होड छ ।
फोस्रो भौतिकवादतर्फ छ ढिपी, अध्यात्म नै लोप छ ।७।

आफ्नो मौलिक धर्म, संस्कृति चिनो छैनन् शमी, पीपल ।
पाइन्नन् तुलसी पवित्र मठ, गौ, को दिन्छ गङ्गा जल ।
जाने घाट चिता कहाँ छ र त्यहाँ मिल्दैन पीताम्वर ।
हामी वैदिक हिन्दुको प्रिय थलो नेपाल नै सुन्दर ।८।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गलगाँड भयो

गलगाँड भयो

विष्णुहरि पाैडेल
भोकतन्त्र

भोकतन्त्र

विष्णुहरि पाैडेल
देश बरवाद भयो

देश बरवाद भयो

विष्णुहरि पाैडेल
आधुनिक शिक्षा

आधुनिक शिक्षा

विष्णुहरि पाैडेल
आशाको आत्मदाह

आशाको आत्मदाह

विष्णुहरि पाैडेल
मूल्याङ्कन

मूल्याङ्कन

विष्णुहरि पाैडेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x