साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कति मजाले घाेचिरा ?

उसले गर्ने काम त अरुकाे इसारामा गरे जस्तो ! सत्ता र शक्तिका लागि आफ्नी आमाकाे फरिया पनि बेच्ने । हैन त ? हेर्नू त विवेक र नैतिक खडेरी !

Nepal Telecom ad

डा. छायादत्त न्याैपाने :

काठमाडौंदेखि पाेखरा जाँदँ थिएँ ।
संयाेग विदेशीसँग एउटै सिटमा परेँ । अङ्ग्रेजी भाषामा दखल नभए पनि अलिकति गफगाफ त हुनु थियो र भए पनि । उनी नेपाल र नेपालीबारे छात्रवृत्ति पाएर पढ्न आएका पात्र रहेछन् कि जस्तो अनुमान गरेँ तर उनी खुलेनन्/खुलाउन सकिनँ ।

हामीले गरेका कुराकानीकाे सानाे अंश यहाँ राखेँ है !

म-कस्तो लाग्याे नेपाल ?
उनी – राम्रो छ ।
म- के कुरा राम्रो छ र ?
उनी- भूगोल , प्रकृति, संस्कृति धेरै राम्रो ।
म- खानेकुरा र बस्ने ठाउँ कस्तो छ नि ?
उनी – त्यहाँ त नेपाल छैन र नेपाली पनि छैनन् ।
म-यहाँका मान्छे कस्ता छन् नि ?
उनी- सत्य बाेलुँ कि बनावटी ?
म- सत्य ।
उनी – नरिसाऊ नि ।
म – रिसाउन्नँ ।
उनी – नढाँटी भन्छु ल !
म – एकदम, म खुसी हुन्छु ।

उनी- मलाई असजिलो भाे, नभनुँ जस्तो लाग्याे ।
म- केही फरक पर्दैन अप्ठ्यारो नमानी भन्नुभए हुन्छ ।
उनी – ल, सुन्नु है त उम्..अल्छी, आश्रित, लाेभी, स्वार्थी, विलासप्रेमी, याेजनाहीन र अदूरदर्शी छन् ।
म- कसरी यस्तो मूल्याङ्कन गर्नुभयाे ?

उनी – हेर्नु न ! यस्तो राम्रो हावापानी माटाे छ ।
तपाईंको , कृषि प्रधान देश भनेको छ तर खानेकुरा सबै जसाे बाहिरबाट आउँछ । नागरिक सस्तोमा श्रम बेच्छन् । आफ्नो खले गराे बाँझो राखेर अरुकाेमा खेतालाे जान्छन् । सरकार याेजना बनाउँदैन कामदार काेटा माग्छ । यस्तै अरु अरु कुरा मगाइसित रमाउँछ । यहाँको सरकारकाे काम नेपाल र नेपालीको लागि हाे जस्तै लाग्दैन । उसले गर्ने काम त अरुकाे इसारामा गरे जस्तो ! सत्ता र शक्तिका लागि आफ्नी आमाकाे फरिया पनि बेच्ने । हैन त ? हेर्नू त विवेक र नैतिक खडेरी !

(मेरो अनुहार फेरिएर राताे पिराे भएको देखेर ) ओहाे तपाईं त रिसाउनु भाे । झन् नरिसाउने भए भन्छु भनेको । रिसाउन्नँ भन्नुभा हाेइन र ! हाे यसरी तुरुन्तै बाेली फेर्ने बानी नै नराम्रो क्या तपाईंहरूकाे । प्रतिबद्धता बिर्सिहाल्ने जसकाे कुनै ओखती छैन । तपाईं आफै भन्नू न सरकारी काम विना घुस गर्नै सकिँदैन । नियम राम्रा छन् तर त्यहाँ यति धेरै प्वाल छन् कि टालेर साध्य लाग्दैन । स्वास्थ्य, शिक्षा, कृषिका काम लिएर गयाे पहिलो प्रश्न हुन्छ हामीलाई के फाइदा हुन्छ ? याे हामी नेपाल र नेपाली दुवै हाेइन म हाे । अनि कसरी बन्छ काम । उनले भनेअनुसार हात मिलाएपछि भने कुनै कानुनले छेक्दैन । रेल पुग्यो मुम्बै सबैतिर सम्मै !

म-(अवाक् उसको अनुहार हेरेको हेर्‍यै …) धन्न सहचालकले- ल …. लेकसाइड आयाे । भनिदिए र थप सुन्नुपरेन । उनीसँग विदै नलिई झाेला टिपेर टाप कसे। उनले खै के साेचे ! मलाई भने उनलेे दिएको नेपाली चिनारीले घाेचिराछ कहिलेसम्म कति घाेचिरहन्छ ! थाहा छैन ।

०००
पर्वत, हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x