डा. छायादत्त न्यौपाने ‘बगर’कति मजाले घाेचिरा ?
उसले गर्ने काम त अरुकाे इसारामा गरे जस्तो ! सत्ता र शक्तिका लागि आफ्नी आमाकाे फरिया पनि बेच्ने । हैन त ? हेर्नू त विवेक र नैतिक खडेरी !
डा. छायादत्त न्याैपाने :
काठमाडौंदेखि पाेखरा जाँदँ थिएँ ।
संयाेग विदेशीसँग एउटै सिटमा परेँ । अङ्ग्रेजी भाषामा दखल नभए पनि अलिकति गफगाफ त हुनु थियो र भए पनि । उनी नेपाल र नेपालीबारे छात्रवृत्ति पाएर पढ्न आएका पात्र रहेछन् कि जस्तो अनुमान गरेँ तर उनी खुलेनन्/खुलाउन सकिनँ ।
हामीले गरेका कुराकानीकाे सानाे अंश यहाँ राखेँ है !
म-कस्तो लाग्याे नेपाल ?
उनी – राम्रो छ ।
म- के कुरा राम्रो छ र ?
उनी- भूगोल , प्रकृति, संस्कृति धेरै राम्रो ।
म- खानेकुरा र बस्ने ठाउँ कस्तो छ नि ?
उनी – त्यहाँ त नेपाल छैन र नेपाली पनि छैनन् ।
म-यहाँका मान्छे कस्ता छन् नि ?
उनी- सत्य बाेलुँ कि बनावटी ?
म- सत्य ।
उनी – नरिसाऊ नि ।
म – रिसाउन्नँ ।
उनी – नढाँटी भन्छु ल !
म – एकदम, म खुसी हुन्छु ।
उनी- मलाई असजिलो भाे, नभनुँ जस्तो लाग्याे ।
म- केही फरक पर्दैन अप्ठ्यारो नमानी भन्नुभए हुन्छ ।
उनी – ल, सुन्नु है त उम्..अल्छी, आश्रित, लाेभी, स्वार्थी, विलासप्रेमी, याेजनाहीन र अदूरदर्शी छन् ।
म- कसरी यस्तो मूल्याङ्कन गर्नुभयाे ?
उनी – हेर्नु न ! यस्तो राम्रो हावापानी माटाे छ ।
तपाईंको , कृषि प्रधान देश भनेको छ तर खानेकुरा सबै जसाे बाहिरबाट आउँछ । नागरिक सस्तोमा श्रम बेच्छन् । आफ्नो खले गराे बाँझो राखेर अरुकाेमा खेतालाे जान्छन् । सरकार याेजना बनाउँदैन कामदार काेटा माग्छ । यस्तै अरु अरु कुरा मगाइसित रमाउँछ । यहाँको सरकारकाे काम नेपाल र नेपालीको लागि हाे जस्तै लाग्दैन । उसले गर्ने काम त अरुकाे इसारामा गरे जस्तो ! सत्ता र शक्तिका लागि आफ्नी आमाकाे फरिया पनि बेच्ने । हैन त ? हेर्नू त विवेक र नैतिक खडेरी !
(मेरो अनुहार फेरिएर राताे पिराे भएको देखेर ) ओहाे तपाईं त रिसाउनु भाे । झन् नरिसाउने भए भन्छु भनेको । रिसाउन्नँ भन्नुभा हाेइन र ! हाे यसरी तुरुन्तै बाेली फेर्ने बानी नै नराम्रो क्या तपाईंहरूकाे । प्रतिबद्धता बिर्सिहाल्ने जसकाे कुनै ओखती छैन । तपाईं आफै भन्नू न सरकारी काम विना घुस गर्नै सकिँदैन । नियम राम्रा छन् तर त्यहाँ यति धेरै प्वाल छन् कि टालेर साध्य लाग्दैन । स्वास्थ्य, शिक्षा, कृषिका काम लिएर गयाे पहिलो प्रश्न हुन्छ हामीलाई के फाइदा हुन्छ ? याे हामी नेपाल र नेपाली दुवै हाेइन म हाे । अनि कसरी बन्छ काम । उनले भनेअनुसार हात मिलाएपछि भने कुनै कानुनले छेक्दैन । रेल पुग्यो मुम्बै सबैतिर सम्मै !
म-(अवाक् उसको अनुहार हेरेको हेर्यै …) धन्न सहचालकले- ल …. लेकसाइड आयाे । भनिदिए र थप सुन्नुपरेन । उनीसँग विदै नलिई झाेला टिपेर टाप कसे। उनले खै के साेचे ! मलाई भने उनलेे दिएको नेपाली चिनारीले घाेचिराछ कहिलेसम्म कति घाेचिरहन्छ ! थाहा छैन ।
०००
पर्वत, हाल काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































