साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मानेमधौरुको मनोवाद

ज्योतिषी बा भन्थे बरै मन छैन कालो तिम्रो भाग्य बलियो छ आउँछ छिटै पालो पैसा धुत्नु रैछ केरे फैलाएर जालो भयो हेर जिन्दगानी छेर् पुछेको टालो ।

Nepal Telecom ad

भागवत खनाल :

कालो कालो कुकुरका सेता सेता बुट्टा
अलिकता बितल् परे देखाउँछन् खुट्टा
तिम्रो पालो पूरा भयो आशा मार बूढा
राम नाम बोलिकन बाँधी बस चूडा

जे जे गर्नु गरिसक्यौ अब भयौ लुरा
खान हुन्न त्यागिदेऊ मदिरा र सुरा
छाला भयो थलथले हड्डी भए झुरा
बैंस गयो बेसै भयो छाड मिठा कुरा ।

सर हजुर् भन्नेहरू हेला गर्न थाले
आँखा तरी हेर्न थाले पल्टिएर भाले
फोन गरी सोध्थे कठै ‘खानुहुन्छ भाले ?’
आज सबै बिर्सिसके मिले काले काले

हजुर् जस्तो को होला र नयनका नानी
हजुर नै हुनुहुन्छ करुणाका खानी
सधै भरी पाइरहूँ हजुरको माया
बोल्न छाडे आजभोलि सुक्न थाल्यो काया ।

सानी सानी जुरेलीको कति मिठो गाना
केही पनि नजाने झैँ सिकाउछन् साना
काम साम गर्नु छैन खान खोज्छौ माना
पढ़ाउन थाले बरै पल्टाएर पाना

हातगोडा गलिसके रोग लागे नाना
सानो बात बोल्यो कि त कस्न थाले ताना
रुपियाँको भाउ थियो आज भयो आना
राम राम जिन्दगानी भयो चाना चाना ।

ज्योतिषी बा भन्थे बरै मन छैन कालो
तिम्रो भाग्य बलियो छ आउँछ छिटै पालो
पैसा धुत्नु रैछ केरे फैलाएर जालो
भयो हेर जिन्दगानी छेर् पुछेको टालो

बटौलीको बजारमा सुका धार्ने नून
छैन कतै भर थेग सुक्न थाल्यो खून
यस्ता दिन आए हरि अस्ताए झैँ जून
पढिदियो कोही भने लेख्छु पुनः पुनः

०००
हाल अष्ट्रेलिया

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

लेख्दै गर यस्तै यस्तै मीठा कुरा बुढा
विकृतिका सल्काउँदै साना ठूला मुढा
पढ्नेले त पढिदिन्छन् छोपीछोपी ताक
तिम्रो कलम तिखारेर चलायमान राख।।😉😀

Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
1
0
Would love your thoughts, please comment.x
()
x