साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुटकवि

लोहोरो-तनमा दुबोसित गुबो थोरै हलेदो घसी, फर्केस् छन्द मसी धरातल पसी बोका बनाई खसी, लम्कोस् मार्ग खुला गरेर गजले कुल्चेर सस्ता पणि, चाख्दै चाख्दिनँ चाह छैन छ भने होस् छन्दमै टिप्पणी ।

Nepal Telecom ad

हिरा भट्ट :

नाङ्गै छिन् कविता न मिल्छ कहिल्यै टालो अलङ्कारको
घोडा चढ्न सुहाउँदैन कविजी चाबी लियौ कारको
बेच्दैछौ किन हो विनागुड-चिनी बेस्वादिला बिस्कुट
बोरा अक्षरका भरेर कविजी डुल्छौ अनेकौं गुट ।
|१|

जा जा जा रुपियाँ कुबेर उपियाँ बाङ्गा बतासे वन
संस्था दिन्छ सदस्यता सँगसँगै सम्मान आजीवन
मर्दैछन् थपडी बढी कुम चढी साक्षी सुरा-कक्षजी
ऐना देख्छ अदक्षजी र गुटले तोक्दैछ अध्यक्षजी ।
|२|

पढ्ने पाठक शून्य छन् सुन बनी आफैँ गर्‍यौ गुन्गुन
विद्यावारिधि टाँसिए जलपझैँ बन्छन् सुगन्धी सुन
गुड्दैछन् प्रतियोगिता-रथहरू पाङ्ग्रा चुँडालेर झन्
आफ्नै मानिस छन् पुरस्कृत हुने आफ्नै पुरस्कार छन् ।
|३|

एक्लै मौन छ शब्दकोश बिचरो बोल्ने गुमाई हक
सारा शब्द डसी कसी हतकडी छन् जेलझैँ पुस्तक
सस्ता छन् सतिसाल साल महँगा बेच्छिन् टुनी टेबल
हात्तीसार पसे विशाल धमिरा हात्ती पसे देवल ।
|४|

लोहोरो-तनमा दुबोसित गुबो थोरै हलेदो घसी
फर्केस् छन्द मसी धरातल पसी बोका बनाई खसी
लम्कोस् मार्ग खुला गरेर गजले कुल्चेर सस्ता पणि
चाख्दै चाख्दिनँ चाह छैन छ भने होस् छन्दमै टिप्पणी ।
|५|

कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x