साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुटकवि

लोहोरो-तनमा दुबोसित गुबो थोरै हलेदो घसी, फर्केस् छन्द मसी धरातल पसी बोका बनाई खसी, लम्कोस् मार्ग खुला गरेर गजले कुल्चेर सस्ता पणि, चाख्दै चाख्दिनँ चाह छैन छ भने होस् छन्दमै टिप्पणी ।

Nepal Telecom ad

हिरा भट्ट :

नाङ्गै छिन् कविता न मिल्छ कहिल्यै टालो अलङ्कारको
घोडा चढ्न सुहाउँदैन कविजी चाबी लियौ कारको
बेच्दैछौ किन हो विनागुड-चिनी बेस्वादिला बिस्कुट
बोरा अक्षरका भरेर कविजी डुल्छौ अनेकौं गुट ।
|१|

जा जा जा रुपियाँ कुबेर उपियाँ बाङ्गा बतासे वन
संस्था दिन्छ सदस्यता सँगसँगै सम्मान आजीवन
मर्दैछन् थपडी बढी कुम चढी साक्षी सुरा-कक्षजी
ऐना देख्छ अदक्षजी र गुटले तोक्दैछ अध्यक्षजी ।
|२|

पढ्ने पाठक शून्य छन् सुन बनी आफैँ गर्‍यौ गुन्गुन
विद्यावारिधि टाँसिए जलपझैँ बन्छन् सुगन्धी सुन
गुड्दैछन् प्रतियोगिता-रथहरू पाङ्ग्रा चुँडालेर झन्
आफ्नै मानिस छन् पुरस्कृत हुने आफ्नै पुरस्कार छन् ।
|३|

एक्लै मौन छ शब्दकोश बिचरो बोल्ने गुमाई हक
सारा शब्द डसी कसी हतकडी छन् जेलझैँ पुस्तक
सस्ता छन् सतिसाल साल महँगा बेच्छिन् टुनी टेबल
हात्तीसार पसे विशाल धमिरा हात्ती पसे देवल ।
|४|

लोहोरो-तनमा दुबोसित गुबो थोरै हलेदो घसी
फर्केस् छन्द मसी धरातल पसी बोका बनाई खसी
लम्कोस् मार्ग खुला गरेर गजले कुल्चेर सस्ता पणि
चाख्दै चाख्दिनँ चाह छैन छ भने होस् छन्दमै टिप्पणी ।
|५|

कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x