साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खप्पर

तर सबै पागलका खप्परहरु वैज्ञानिक हुँदैनन् सिर्जना मात्र होइन खप्परले नचिताएको विनाश पनि गर्छ आश मात्र भर्दैन खप्परले कल्पनै नगरिएको घात पनि गर्छ

Nepal Telecom ad

नारायण भट्टराई :

ए दुनियाँका आश्चर्यहरु खोजी हिँड्ने मानिसहरू हो
सुन !
कता बरालिएको
कता कुदेको
के खोस्री बसेको
कसलाई सोध्दै हिँडेको
किन किताबमा घोत्लिएको
दुनियाँको सबैभन्दा ठुलो
बुझेर बुझी नसक्नु
भनेर भनी नसक्नु
लेखेर लेखी नसक्नु
आश्चर्य आफैँले बोकेका छौँ।
पर्ख, एक क्षण विचार गर अनि
आफैं तर्फ फर्क
त्यो आश्चर्य तिमीनै हौ
निम्रै खप्पर हो।

खप्पर,
कहिले तालुमा आलु फलाउँछ
कहिले आलुलाई ठालु भनाउँछ
कहिले ठालुलाई आलु बनाउँछ

गिदीमा आलु फलाउने खप्परहरु
नीतिमा लाजंनिती मिसाउने खप्परहरु
काण्ड काण्ड भएर कुहिएका हुन्छन्
र ठ्वासठ्वासी गनाउँछन्
तर जव पावरको सावर पाउँछन्
तब सुघ्नेलाई सुगन्ध हो भनाउँछ छन् ।
कुहिएको आलुलाई असर्फी बनाउँछन्

खप्पर बहुरूपी हुन्छन्
भेस बदलेका ती खप्परहरु कुटिल हुन्छन्
आफूलाई दूधले धुन्छन्
काइते कर्ममा पारंगत ति खप्परहरुले
मान्छेलाई कर्तुत गर्न सिकाउँछन्
तपाईं ठान्नु होला कालो काम गर्नेहरु कारबाहीमा पर्छन्।
होइन, ती खप्परले मानिसलाई
मान, सम्मान र पदकमा पनि बिकाउँछन्।

खप्परको गती असीमित हुन्छ
पातालमा बसेर आकास छुन्छ।
गिदीमा गुहु बोकेर के भयो र
आवरणलाई बारम्बार सुन पानीले धुन्छ।

खप्पर रामायणकी सिता जस्तै हो
बारम्बार लक्ष्मण रेखा काट्छ
सतित्वको आदर्श छाँटछ
तर हजारौं पटक आफैंलाई ढाँटछ।
त्यही खप्पर रावणको कब्जाबाट
सितालाई फुत्काउन बानर सेना कहाँ बारम्बार धाउँछ
फेरि अर्काको लहै लहैमा लागेर उनै सितालाई
आगोमा हाम फाल्न लाउँछ।

एउटै कुराको पछाडि एकोहोरो भएर लागिरहने खप्परहरु
कि त वैज्ञानिक हुन्छन् कि त पागल हुन्छन्
सबै वैज्ञानिकका खप्परहरु पागल हुन्छन्
तर सबै पागलका खप्परहरु वैज्ञानिक हुँदैनन्
सिर्जना मात्र होइन खप्परले नचिताएको विनाश पनि गर्छ
आश मात्र भर्दैन खप्परले कल्पनै नगरिएको घात पनि गर्छ

खप्पर शहर हो
खप्पर गाउँ हो
मान्छेलाई मान्छे जस्तो देखाउने
घाँटीमा जोडिएको
मासु र हड्डीले बनेको
मांसपिण्डको नाउँ हो।
भित्र भित्र खोपेर हेर्यो भने खप्पर
यौनक्रीडामा मस्त जोडीलाई
लुकेर हेर्न मन गर्नेहरूको गाउँ हो।

०००

हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x