
पुरस्कार
पुरस्कार भनेको हौसलाको विषय हो । आर्थिक लामा मात्र होइन, सम्मानको समेत कुरा हो । प्रशंसापत्र, पदक वा पुरस्कार जेसुकै पनि पाउनेले आफ्नो प्रतिभा र परिश्रमको कदर भएको अनुभव गर्छ

भैरव अर्याल
जसरी जाँचमा पहिला हुनेले पुस्तक पाउँछन्, खेलकूदमा अगाडि कप पाउँछन, त्यसै गरी आफ्नो आफ्नो काममा विशेष सफलता पाउनेहरु केही न केही दिएर फुक्र्याउने चलन छ। खेतीमा प्रशस्त पसीना पाेखेर सबैकोभन्दा धेरै बाली उब्जाउने किसान होस् कि राम्रो कविता लेख्ने कवि हाेस्र, पञ्चायतमा ईमानदारीसाथ काम गर्ने पञ्च होस् वा जागीरमा ठगठाग नगरी काम गर्ने कर्मचारी होस् – सबैले हौसला पाएको समाचार बराबर हामी सुन्ने गछौँ ।
हौसलाको उद्देश्य त उही हो, तर रूपभने धेरै थरिका हुन्छन् । केटाकेटीले राम्रा अक्षर लेखेभने स्याबास भनेर धाप दिइन्छ । कसैले चित्तबुझ्दाे भाषण गरेको सुनेमा श्रोताहरूले ताली बजाएर हौसला दिन्छन् । राम्रो कम गर्नेलाई आदरपत्र अथवा प्रशंसापत्र दिने चलन पनि छ । कुनै सम्मेलनमा पहिला दोस्रा हुनेले सुनचाँदीको पदक पाउँछन् । ठुल्ठूला काममा विशेष सफलता देखाउनेहरूलाई श्री ५ महाराजाधिराज सरकारबाट गोरखा दक्षिणबाह, त्रिशक्ति पट्ट, नेपालतारा इत्यादि विभिन्न तक्मा बक्सन्छ । कसैले कुनै कामबापत नगद पुरस्कार पनि पाउँछन् ।
यी सबै राम्रा-राम्रा कामका इनाम हुन् तापनि यिनलाई मुख्य-मुख्य तीन भागमा बाँड्न सकिन्छ (१) प्रशंसा, (२) पदक र (३) पुरस्कार। तारीफ ताली र स्याबासी प्रशंसाभित्र पर्दछन् । पदक भनेकोचाहिँ सुन-चाँदीका गहना जस्तै हुन् – कोही घाँटीमा रिबनले लगाउने गरी बनाइएका हुन्छन् भने कोटको कल्लरमा झुण्ड्याउने गरी। शास्त्री र बी.ए. मा प्रथम हुने र एम ए आचार्यमा प्रथम श्रेणीमा पास हुने विद्यार्थीलाई महेन्द्र विद्याभूषण दिइन्छ। में पदक हो। परीक्षामा धेरै अङ्क ल्याउने विद्यार्थी र प्रतियोगितामा श्रेष्ठ हुने कविहरूले विभिन्न पदक पाउँछन् । खेलकूदमा अग्गा भई पाइने कप पनि परर्व जस्तो हो । तर यो रिबनले लगाउने खालकोचाहिँ हुँदैन ।
यसै गरी हौसला वा कदरको रूपमा नगद पुरस्कार दिने चलन पनि विश्वमा चलेको छ । स्विडेनका अल्फ्रेड नोबेल भन्ने मान्छेले एउटा ठूलो पुरस्कार गाविदिएका छन्, जसलाई भन्छन् – नोवेल पुरस्कार’ । सबैभन्दा श्रेष्ठ साहित्यको सिर्जना गर्ने लेखक, अनुसन्धान गरी नयाँ कुरा पत्ता लगाउने वैज्ञानिक र विश्वशान्तिको निम्ति सवभन्दा राम्रो काम गर्ने नेता समेत गरी जम्मा तीन थरीलाई बर्षैपिच्छे नोवेल पुरस्कार दिइन्छ । यस्तै लेनिन पुरस्कार, नेहरू पुरस्कार, महम्मद रेजा पहलबी पुरस्कार आदि पुरस्कारहरू छन् । यी जुनसुकै देशका नागरिकहरूले पनि पाउन सक्ने हुनाले यिनलाई अन्तर्राष्ट्रिय पुरस्कार भनिन्छ । कसै गरी प्रत्येक देशमा आफ्नो देशका नागरिकहरूले मात्र पाउने वा तोकिएको भाषामा लेख्नेहरूले मात्र पाउने राष्ट्रिय पुरस्कारहरू पनि हुन्छन् ।
नेपालमा पनि राष्ट्रिय पुरस्कारहरू धेरै छन् । तिनमध्ये बर्सेनि राम्रो कविता लेख्ने कविलाई, धेरै धान फलाउने किसानलाई, वर्षभरि निस्पक्ष रूपले निस्केको पत्रिकालाई, सबभन्दा राम्रो काम गर्ने विद्यालय, महाविद्यालय र – पन्चायतहरूलाई पनि केही नगद पुरस्कार दिइन्छ । यस्ता अस्थायी – पुरस्कारबाहेक स्थायी राष्ट्रिय पुरस्कार मुख्यतः तीनओटा छन् । यी हुन् – त्रिभुवन पुरस्कार, मदन पुरस्कार र इन्द्रराज्यलक्ष्मी पुरस्कार ।
त्रिभुवन पुरस्कार र इन्द्रराज्यलक्ष्मी पुरस्कारका संस्थापक श्री ५महेन्द्र – होइवस्सिन्छ । राष्ट्रपिता त्रिभुवन र स्वर्गीय युवराज्ञी इन्द्रराज्यलक्ष्मीदेवीको – नामबाट राखिएका यी पुरस्कार बर्सेनि एक एक जनालाई दिइन्छ । यी दुवै कमलाई दिने भन्ने निधो राजकीय प्रज्ञाप्रतिष्ठानले गर्दछ र व्यवस्था पनि उसैमार्फत् हुन्छ । मदन पुरस्कारचाहिँ स्वर्गीय जनरल मदनशमशेरको नाममा उहाँकी श्रीमती रानी जगदम्बाकुमारीले २०१२ सालमा राख्नुभएको हो । यसको सन्चालन र निर्णय मदन पुरस्कार गुठीले गर्दछ ।
त्रिभुवन पुरस्कार नेपाली भाषा साहित्य र संस्कृतिको उन्नतिमा जीवनभर परिश्रम गर्नेमध्ये वर्षेपिच्छे एक एक जनालाई दिइन्छ । यो रु दस हजारको हुन्छ । (वर्तमानमा यो छैन )
मदन पुरस्कार पनि दसै हजारको हो तर यो वर्षेपिच्छे दुई जनालाइ दिइन्छ । साहित्यमा वर्षभरिको श्रेष्ठ ग्रन्थका लेखकलाई एउटा र अर्को समाजशास्त्र, विज्ञान वा दर्शनमध्ये कुनै विषयमा सबैभन्दा राम्रो पुस्तक लेख्नेलाइ दिइन्छ । तर २०२६ सालसम्म यो चार विषयका पुस्तकलाई दिइन्थ्यो र चार हजारको हुन्थ्यो । कला वा संस्कृतिको क्षेत्रमा उल्लेखनीय सेवा गर्नेलाइ इन्द्रराज्यलक्ष्मी पुरस्कार दिइन्छ । यो रु. पाँच हजारको हुन्छ ।
माथि नै भनियो, पुरस्कार भनेको हौसलाको विषय हो । आर्थिक लामा मात्र होइन, सम्मानको समेत कुरा हो । प्रशंसापत्र, पदक वा पुरस्कार जेसुकै पनि पाउनेले आफ्नो प्रतिभा र परिश्रमको कदर भएको अनुभव गर्छ र अझ काममा अझ बढी मन दिन्छ । अरूलाई पनि यसबाट प्रेरणा मिल्छ र आ काममा अझ बढी बुद्धिवर्गत ख्याउन थाल्छन् ।
०००
प्रवेशिका निबन्ध (२०८०)
Subscribe
Login
0 Comments
Oldest