साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आराधना-नैतिकताको

यस शृङ्खलामा प्रस्तुत हुने कविता गैरहास्यव्यङ्ग्य कविता पनि पर्नेछन् । यस शृङ्खलाकाे पहिलाे कविता छ नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा वि.सं. २०२२ सालमा आयाेजित कविता महाेत्सवमा प्रथम पुरस्कार प्राप्त भैरव अर्यालकाे कविता ।

Nepal Telecom ad

भैरव अर्याल :

फित्काैलीमा पुरस्कृत कविताहरूकाे शृङ्खला शुरू गरिएकाे छ । यस शृङ्खलामा प्रस्तुत हुने कविता गैरहास्यव्यङ्ग्य कविता पनि पर्नेछन् । यस शृङ्खलाकाे पहिलाे कविता छ नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा वि.सं. २०२२ सालमा आयाेजित कविता महाेत्सवमा प्रथम पुरस्कार प्राप्त भैरव अर्यालकाे कविता ।

ढुङ्गा मुढामा जडता घोटी, बुटा गुफामा पशुता पोखी
प्रिय, म तिमीलाई भेट्न हिँडेको, सँगमा एउटा हिमालय बोकी
सम्झन्छ्यौ तिमी ? यो त्यो हिमालय-जहाँ प्रतिविम्वित छ मेरो अन्तर
पक्का छ मलाई, यो त्यो हिमालय-जहाँ प्रतिध्वनित छ तिम्रो स्वर

तिम्रै स्वरमा सुसेली मिलाई मैले समाजको गरें शिलान्यास
यै छेउछाउमा फुलाउन चाहें मानवताको लालीगुराँस
सिर्जनाको एउटा रथी म सारथी तिमीलाई रोज्दै आएँ
यै हिमालको किरण-पुञ्जमा तिमीलाई मैले खोज्दै आएँ

तर म डाँफे भै छुन छुन खोज्छु तिमी भैदिन्छयौ, यति-का डाम
पस्छ चीसो अनि काँतर मनमा मानू हिमालयले छेक्दछ घाम !
तर हिमाल केवल शीत रास होइन, यसको महत्त्व सङ्ल्याइमा छ
हिमाल कसैको परखाल होइन, यसको मूल्य त अग्ल्याइमा छ

तिम्रो मेरो परिचय यहीं भो यै परिणय- वेदी यहीं नै बन्छ
यै हिमालयमा तिम्राे मेराे भन्न नसकिने साइनाे पर्छ
तर मेरा भूलहरू दोहोरिरहन्छन् तिम्रो अन्तर्ध्वनि नबुझेर
तिमी पर – पर तर्किरहन्छयौ मेरो अहंमा लट्पटिएर

के तिमी पुतली वल अनि छलकी नामदर्दीकी मृगतृष्णा ?,
यही शङ्कामा ढुन्मुनिदैमा पाछिन्छ मुटु यो हिरोशिमामा
भैगो, अब सब व्यतीत भूलहरू विर्सी अलिकति पलक उघार
सती – वियोगी म महादेवलाई पार्वती भै पुनः देऊ सुसार

यो विषालु अणुको ग्याँसमा निसास्सिएको मेरो आँतमा
लौन ! चलाऊ हिमको सिरसिर, ग्रह ग्रह चाल्छु म तिम्रो साथमा
तिम्रै अनुराग पराग बनेमा हिमको चहकमा महक म भर्छु
तिम्रो मेरो एकाकारमा नूतन जगतको सृजन गर्छु ।

०००
कविता महाेत्सव  पच्चीस वर्ष (२०४६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हराम पाँडे हजुर

हराम पाँडे हजुर

भैरव अर्याल
वेदजात्रा

वेदजात्रा

भैरव अर्याल
साँढे

साँढे

भैरव अर्याल
कन्याकेटी खोज्दा

कन्याकेटी खोज्दा

भैरव अर्याल
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x