भैरव अर्यालचन्द्रमामा चार पाइला पर्दा
द्वितीय विश्व युद्धपछि दिनप्रति बाहिरका असङ्ख्य विवाद र मित्रका विभिन्न विषादहरूले आक्रान्त हुँदै पृथिवीदेखि थाकेको आजको मान्छेको अगाडि चन्द्रमा विश्रान्ति र शान्तिको नयाँ आकर्षण हुनसक्ने अड्कल पनि काटिन थालिएको छ।
भैरव अर्याल :
आर्मस्ट्राङ र एल्ड्रिनले चन्द्रमाको मझेरीमा पाइला हाल्नासाथ सबैजसो क्षेत्रको ध्यान चन्द्रचर्चामा एकोहोरिएको छ । मान्छेको यस अलौकिक पुरुषार्थप्रतिको जयघोप, सञ्चित मान्यताहरूको मावलोकन र सम्भावित उपलब्धिहरूको उत्कण्ठा नै यस चर्चाका मुख्य विषय छन् तापनि विरोध, विक्षोभ र आशङ्काहरू पनि यसभित्र नमिसिएका छैनन् । चन्द्रलोकमा मान्छेको पाइला पुर्याउन अमेरिकाले झण्डै २४ करोड डलर खर्च गरिसकेको र रुसले पनि यस क्रममा थुप्रै रुबल माँसिसकेको चर्चा छ। वर्षाैं वर्षको चिन्तन, अनुसन्धान र करोडौं डलर रुबलको अहिलेसम्मको उपलब्धि के त मनी भौतिक रूपले मात्र हेर्दा चन्द्रयात्रीहरूले ल्याएका २१४ बाकस गोल जस्ता ढुङ्गाडल्लाहरू सिवाय अरू केही देखिन्न । यत्रो चिन्तन, लगन, आँट र अर्थको उपलब्धि यति नै हो भने आपसी खोसाखोस र तानातानले पृथिवीमा मुण्टो लुकाउने ठाउँ नपुगी चिन्ता र चित्कारमा हुँडलिएका अर्को भोकानाङ्गाहरूले चन्द्रविजयबाट उत्पन्न यस गौरव र गर्वलाई मनको कुन कुनामा कसरी थन्क्याउने ?
यो बुद्धि र वर्कत धरतीकै कतिपय समस्याको समाधानमा लगाएर धरतीमै सुखसुविधाको नयाँ लोक र आलोक निर्माण गर्न सकिने थियो। यो आवाज नेपालजस्ता गरिब देशहरूबाट होइन, स्वयं सम्पन्न र स्वयं चन्द्राभियानमा तम्सेका सोभियत सङ्घ र अमेरिकाभित्रैबाट चर्को स्वरमा गुञ्जिएको छ। सामान्य प्रदर्शनहरूका अतिरिक्त ठूलठूला विचारकहरूले पनि यसमा गुनासो गरेका छन्। एक अमेरिकी नेता भन्छन् “मानिसका एक अर्को जातिमा रहेको दूरता धरती र चन्द्रलोकको दूरताभन्दा लामो छ। यो दूरता नजिक्याएर मान्छेमा पो चन्द्रविजयमा खुसी मनाउन पाइन्थ्यो । विश्वप्रसिद्ध निहित जातिभेदको वर्वरता पनि नासिएको भए पो ब्रिटिस इतिहास विख्याता टायनवीले चन्द्रयात्रा सफल बनाउने विज्ञान र प्रविधिबाट आफू कत्ति पनि प्रभावित नभएको बताउँदै सोधेका छन्- “के अन्तरिक्षयात्राको यस होडबाट युद्धको सम्भावना पदछ र ?” यो सुन्दा नभन्दै इगल र लुनाले लुछाचुँडीको नयाँ केन्द्रको पदन्यास गरेर अर्को विश्वयुद्धलाई आ-आफ्ना मोर्चा कसेका त होइनन् ? भन्ने शङ्का पनि नजिक आउँछ। हुन पनि मान्छेको पुरुषार्थ कल्याण कार्यमा मात्रै सार्थक भएको सिङ्गै एउटा उदाहरण अहिलेसम्म मान्छेले पाउन सकेको छैन ।
असन्तोषक्को अर्को कारण चन्द्रमासित मान्छेले लाखौं वर्षदेखि लगाएको भावनात्मक साइनो चुँडिन आँट्यो मन्ने डर पनि हो। करोडौं वर्षदेखि सुदूर अन्तरीक्षमा टल्पलाइरहेको एउटा ज्योतिष्मान् विम्व चन्द्रमालाई मान्छेले आफ्ना भावनाका भिन्न भिन्न स्वरूप कुँदी सुन्दरतम् र पवित्रतम्को प्रतिमूर्ति मान्दैआएको छ। हाम्रो वेदले विराट्को मानसपुत्र’ मानेको चन्द्रमालाई पुराणले समुद मन्धनमा पाइएको बताएको छ। ज्योतिषले ग्रहहरूको पञ्चायतमा झण्डै उपप्रधानपञ्चको सम्मानित पदमा उसलाई प्रतिष्ठापित गरेको छ भने धर्मशास्त्रले चन्द्रकलाको घटबढमा गर्नुपर्ने अनेकों आचरणहरू सिकाएको छ। यस्तै गरी, शीतलता र शान्तिको शाश्वत स्रोत मानिएको चन्द्रमाले हाम्रो मात्र होइन, धेरै जातिको संस्कृति, साहित्य र चिन्तनका क्षेत्रमा आफ्ना सोह्रै कला फिंजाउँदै आएको छ तर उससितको यो चिरपरिचय र घनिष्ठता धेरै अशमा भावनात्मक नै छ र यो भावनाको स्वरूप कति दहो छ भने क्राइस्टभन्दा झण्डै ६०० वर्ष अघिदेखिको अनुमान र अध्ययनले जतिसुकै बदल्न खोजिए पनि पुरैमात्रामा बदलिएको छैन।
चन्द्रमालाई पाइथागोरसले ‘ऐनाको ठूलो भकुण्डो देखे पनि, ग्यालिलियाेले पृथिवी जस्तै ग्रह देखे पनि, डार्विनले पृथिवीबाटै चोइटिएको एउटा जलजलाकार विम्ब भने पनि, ग्यागरिनले भेट्ने बाटो सोझ्याए पनि, अपोलो र सोयुजले दर्जनाैँ चन्द्र-चित्र ल्याएर देखाए पनि हामीले सोमबारे औँसीमा नबोली नुहाउन छाडेनी, पूर्णिमा र इदका उपवास बस्न छाडेनाैँ र आफ्नी प्रियतमालाई ‘चन्द्रमुखी’ भनी उपमा दिन छाडेनाै। हाम्रो प्रेमको प्रतीकलाई न बिटुल्याइदेओ भनी जुलुस निकाल्ने इटालियन युवकयुवतीहरू, ईश्वरको काममा हस्तक्षेप गर्न लागे भनी आत्महत्या गर्ने पेरुको एउटा ठिटो र मान्छे पुगेको चन्द्रमा हाम्रो चन्दमा चाहिं होइन भन्ने काशीका एकजना पण्डित आदिले चन्द्रमाको भावनात्मक नाता कति बलियो रहेछ भन्ने अझ प्रष्ट पारेका छन् ।
मान्छे स्वभावत नवीनताको प्यासी हुँदाहुँदै पनि आफ्नो पुरानो संस्कार झ्वाट्टै बदल्न मान्दैन। पुरातन प्रेम र नवीनता प्यासको यस्तै अन्तर्द्वन्द्वमा, संस्कार र आविष्कारको यस्तै सङ्घर्षमा भावना र यथार्थको यस्तै सङ्क्रान्तिमा कैयौं चिन्तक र आविष्कारकहरूले आफ्नै आहुति दिनु परेको उदाहरण इतिहासमा निकै पाइन्छन् तर परिणामतः जित चाहिँ नवीनताकै हुन्छ आविष्कारकै हुन्छ र यथार्थकै हुन्छ। यस्तै क्रम अघि बढाउँदै यही साउन ५ गते अमेरिकाले आफ्ना दुई साहसी नागरिकलाई मानव जातिका प्रथम प्रतिनिधि मण्डलका रूपमा चन्द्रमासित भेट गराई उससितको भावनात्मक साइनोलाई यथार्थको लगनगाँठो बाँधेर पारिवारिक गराएको छ अर्को शब्दमा मान्छेको हजाराैँ वर्षदेखिको प्रणयप्रतीक्षा परिणय-मिलनमा परिणत भएको छ।
मानव-चन्द्रकाे यस मिलनपछि यतिञ्जेल सञ्चित कैयौं भावनाहरू स्वतः भत्कन थालेका छन् भने कैयाैं नयाँ सम्भावनाहरू पनि जुर्मुराएका छन् । सुन्दरतमको प्रतीक हाम्रो ‘अशुमाली खाल्टै खाल्टाको ‘गह्वरमाली’ रहेछ। अब कसरी आफ्नो प्रियतमालाई ‘शशीवदना भन्ने गङ्गाधारी र ‘हिमाँशु जस्ता नामले चिरपरिचित चन्द्रमामा आज पानी र हिँउको कुनै सड्ङ्केत भेटिएन- अब कसरी जुनजस्ती शीतल भन्ने ? सजीवताको आमाससम्म नभएको राशीलाई कसरी शशाङ्क’ भन्ने-साहित्यिकहरूले चलन गरिरहेको चन्द्रसम्बन्धी एउटा ठूलो शब्द कोखमा अब धमिरो लाग्ने भयो तर साहित्यकलाको परिवेस अब धरतीको सेरोफेरोमा मात्र सीमित नभई लोकान्तरको ढोकासम्म तन्कन पुगिसकेको छ र अब दिनप्रति के कस्ता नयाँ मान्यता र सन्दर्भमा साहित्य अन्तर्ग्रहयामी हुने हो, हेर्दै जानु छ।
भनिन्छ- गुरुत्वाकर्षण थोरै मएकाले चन्द्रमामा अन्तरीक्ष स्टेसन र वधशाला बनाइ अरु ग्रहहरूको यथार्थ स्थिति बुझ्न अहिलेको भन्दा धेरै सजिलो पर्ने छ । बुझ्दैबुझ्दै जाँदा त्यो दिन हाम्रा ज्योतिष, धर्म, दर्शन र यतिन्जेलका मान्यता र मतभेदहरूको कुन गति होला जुन दिन सम्पूर्ण अनावृत ब्रह्माण्ड काखी च्यापेर सर्वाङ्ग नाङ्गी प्रकृति मान्छेको अगाडि जुम्लुङ्ग उभिएली । त्यसबेला मान्छेको टाउको केमा घोरिएला उनको पाइला कतातिर लम्किएला कल्पेर कल्पी नसक्नु छ।
केही समयपछि कतै कतै अनुकुलित स्थितिमा उपनिवेश बसाल्नेदेखि लिएर रहँदा बस्दा अणु-उदभेदन प्रक्रियाबाट चन्द्रमालाई गठरी र सानो बनाई गुरुत्वाकर्षण थप्नसमेत सकिने सम्भावनाहरू वैज्ञानिकले देखाएका छन् । यस सम्भावनाले चन्द्रमामा बस्ती बसाल्ने सम्भावना जन्माउँछ र मङ्गललाई एक पाइलो वर सार्छ। त्यसैले कल्पना गर्न सकिन्छ हाम्रो पालामा नभए छोराकै पालामा धरतीकुमार र चन्द्रकुमारीले आफ्नो स्वयंवरमा मङ्गल पढ्न (?) मङ्गलवासीलाई बोलाउने हुन् कि ? सुहागरात मनाउन मङ्गल लोकै पुग्न सक्ने हुन् ? एकथरीले त के पनि सम्भावना देखाइसकेका छन् भने अब ३०/४० वर्षभित्रै केही हजार डलर खर्च गर्न सक्ने सम्भ्रान्त नवदम्पतीहरूले आफ्नो मधुयामिनी चन्द्रमामा मनाएर आउन सक्ने छन् ।
एक जना वैज्ञानिकले चन्द्रमामा गुरुत्वाकर्षण कम मएकाले मान्छेमा स्वत उड़ने क्षमता पनि आउने लख काटेका छन्। साथै पृथिवीमा निराकरण गर्न गाह्रो परेका रोगहरूको उपचार चन्द्रमामा बसी गर्ने सम्भावना पनि बढेको छ। त्यसै हो भने टी.बी का लागि हावापानी स्वच्छ मएको टोखामा स्वास्थ्यनिवास बने झैं मुटु र मस्तिष्कका विकराल रोगको निदानका लागि चन्द्रलोकका स्वास्थ्य निवासमा मान्छेले बस्न पाउने पो हो कि ? जेहोस्, विभिन्न खनिज पदार्थको कोशेली चन्द्रमाले धरतीलाई दिने कुरामा धेरैको मतैक्य छ। विज्ञानको वरदान पाएको आजको मानिसले गङ्गाधारी चन्द्रमामा कृत्रिम गङ्गा बहाएर नयाँ नयाँ स्वादका अन्न उत्पादन गर्न सक्ने छ र नयाँ नयाँ धातुबाट विचित्र विचित्र यानहरू बनाएर अन्तरग्रहीय यात्राहरूलाई अझ छिटोछरितो र निर्धक्क पार्न सक्नेछ।
साँच्चै मान्छे र चन्दमाको यो मिलन यस वर्षको मात्र होइन, यस युगकै महान् घटना हो र चन्द्रमाको मात्र होइन, सम्पूर्ण निहारिकाकै प्रथमद्वारको उद्घाटन हो। त्यसैले केही खती र भवितव्यलाई मात्र नकोट्याई हेर्ने हो भने यस्ता युगान्तकारी सफलताहरूले नयाँनयाँ अनुभूतिका अनन्त सम्भावनाहरूका बीच मानिस मात्रका बाँच्ने रहरका लहराहरू तन्काउँदै लान सक्ने पराेक्ष उपलब्धिहरूलाई स्वीकार गर्नै पर्छ। द्वितीय विश्व युद्धपछि दिनप्रति बाहिरका असङ्ख्य विवाद र मित्रका विभिन्न विषादहरूले आक्रान्त हुँदै पृथिवीदेखि थाकेको आजको मान्छेको अगाडि चन्द्रमा विश्रान्ति र शान्तिको नयाँ आकर्षण हुनसक्ने अड्कल पनि काटिन थालिएको छ।
जेहोस्, आज कुमारी चन्द्रमा मान्छेको हातमा परेको छ, उसका सम्पूर्ण सौभाग्य र दुर्भाग्यहरू पनि मान्छेकै वर्गत र विवेकको जिम्मामा आएका छन्। त्यसैले मान्छे त चाहन्छ: हजाराैं वर्षदेखि शुभ, शान्त सुन्दर र समुज्ज्वत मान्दै आएको चन्द्रमाको मानवजीवनमा शुभता, शान्ति, सौन्दर्य र प्रकाश थप्नेतिर सदुपयोग हुनु पर्छ। अब हेर्दै आओंं विकासकामी मान्छेको आवाज ह्रास कामी मान्छेले सुन्ने हो कि होइन। सृष्टिप्रिय मान्छेले कमाएको यो अलौकिक सम्पति संहारप्रिय मान्छेले स्याहार्न सक्ने हो कि होइन।
२०२६ साउन
०००
मधुपर्कः प्रतिनिधि हास्यव्यङ्ग्य निबन्ध (२०६७)
Subscribe
Login
0 Comments
Oldest









































