साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लौ आयो परजा तन्त्र यो

के त्यो सलहको ताँती अनिकाल लिई पस्यो के त्यो प्रगतिको यन्त्र खिया लागि थला बस्यो श्रम, सीप, इमानदारी मास्ने गाँजा फुलेछ कि ? सक्नेले मनपरी गर्ने कुनै मेला खुलेछ कि ?

Nepal Telecom ad

नरेन्द्रराज पाैडेल :

सेर्पा साबुन लौ आयो पूजा साबुन लिन्छ को
दशवटा खोलले यौटा सित्तैंमा पाइन्छ रे नि त्यो
बाम दक्षिण लौ आयो छाँट्दै सिद्धान्तको दुना
खैरा नोट बुझी भत्ता रमाएर पस्यो कुना ।

लो आयो परजा तन्त्र कुर्सी छेउ न जाऊ क्वै
नेतामा कुर्सीको मात तीव्र बन्दै छ रे अझै
पारो छिनछिन चढ्दैछ सत्ता मोह र मादको
अनाथ टुहुरा तिम्रो अब गर्दछ याद को ?

हिजोका बाघ हौ भन्ने लुकाईकन पुच्छर
दायाँबायाँ लुकी झिक्छन् स्याल हुइँया बरोबर
हिजोका स्याल गर्जिन्छन् छाला ओढेर बाघको
खल्खली पसिना काढी जाडोमा पनि माघको ।

नाङ्गो नाच चलेकै छ तस्करी र अभावको
छिनाझप्टी सिनोमा छ स्याल गिद्ध र कागको
चारो कसरी भेटौला, बिचरा जनता चरी
होस राखे नि बाच्छा हो साँढे गर्दैछ मनपरी ।

भोका उडुसको ताँती छाती ठोकेर लौ पस्यो
मुख मिठ्याउँदै आफैँ भान्छा गर्न भनी बस्यो
रसदार मिठो पेडा चाख्ता चाख्तै कठैबरा
बिर्सने रोग लागेछ जनताका सबै कुरा ।

के त्यो सलहको ताँती अनिकाल लिई पस्यो
के त्यो प्रगतिको यन्त्र खिया लागि थला बस्यो
श्रम, सीप, इमानदारी मास्ने गाँजा फुलेछ कि ?
सक्नेले मनपरी गर्ने कुनै मेला खुलेछ कि ?

०००
मुस्कान (कार्तिक-मंसिर २०५१)
हास्यव्यङ्ग्यकार नालीबेली (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कल्पबासको झकास

कल्पबासको झकास

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x