साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै के गरूँ के गरूँ

कैयौं रङ्गविरङ्गका कुसुम छन् कैयौं थरी बासना छन् उद्यान अनेक काव्यवनमा यो साधनामा घना रित्तो राख्न सुहाउँदैन दिलको झोली म केले भरूँ छन् दोधार सरस्वती मनमनै खै के गरूँ के गरूँ ।

Nepal Telecom ad

हिरा भट्ट :

आमाको स्वर-“बाबु लेख कविता माटो मसीमा भरी”
दाजैको स्वर-“भाइ लेख कविता झर्ना झरेको सरि”
प्यारीको स्वरमा-“नलेख्नु कविता ताराहरू देखियो”
ए प्यारे अझसम्म लोचन खुला? झन्डा उषाले लियो
।१।

काकाको स्वर-“राजनीति धमिलो हान्नू मट्याङ्ग्राहरू”
काकीको स्वर-“काव्यमा प्रकृतिका छान्नू फट्याङ्ग्राहरू”
छोरीको स्वरमा-“नलेख्नु कविता गर्नू न बाबा नुनु
बाबाले कवितातिरै भुलिदिए लोरी कहाँ पो सुनूँ”
।२।

साथीको स्वर-“बल्नुपर्छ कविता राँको बनोस् लेखनी”
आज्ञा भो गुरुको-“हतार नगरी पाको बनोस् लेखनी”
जिद्दीमा बहिनी-“नलेख कविता बाजे बज्यैझैँ हुनू
खै दादा किन हो बुझिन्न कविता नौलो कहानी सुनूँ”
।३।

बाजेको स्वर भित्र-“देवमहिमा लेखेर बाल्नू दियो”
कान्छाको स्वर भित्र-“वीररस वा शृङ्गार नै चाहियो”
भान्जाको स्वरमा-“नलेख्नु कविता भेट्ने गरी आउनू
भो मामा म त खान्न खान्न कविता पापा किनी ल्याउनू”
।४।

कैयौं रङ्गविरङ्गका कुसुम छन् कैयौं थरी बासना
छन् उद्यान अनेक काव्यवनमा यो साधनामा घना
रित्तो राख्न सुहाउँदैन दिलको झोली म केले भरूँ
छन् दोधार सरस्वती मनमनै खै के गरूँ के गरूँ
।५।

०००
जन्मस्थल:पञ्चेश्वर-६, बिजुल, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x